सोमबार, असार ८, २०८३

काठमाडौं उपत्यकाका २५ सम्पदास्थलमा विशेष सरसफाइ

सफाइमा स्थानीयवासी, वाग्मती एवं काठमाडौं उपत्यकामा सञ्चालित अन्य सरसफाइ अभियानकर्मी, निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामाजिक अभियानकर्मीलगायतको सक्रियता थियो।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- महाशिवरात्रि पर्वका अवसरमा सुरु गरिएको काठमाडौं उपत्यकाका सम्पदा सफाइ अभियानको २३ दिने कार्यक्रम बुधबार सम्पन्न भएको छ।

National life

अभियानको अन्तिम दिन बुधबार भद्रकाली मन्दिर परिसर सफाइ गरी कार्यक्रम समापन गरिएको हो। सम्पदा सफाइ अभियानका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका दरबार क्षेत्र, मध्यपुरथिमी नगरपालिकाका सम्पदा क्षेत्र गरी २५ सम्पदास्थलमा सफाइ गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए।

सफाइमा स्थानीयवासी, वाग्मती एवं काठमाडौं उपत्यकामा सञ्चालित अन्य सरसफाइ अभियानकर्मी, निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामाजिक अभियानकर्मीलगायतको सक्रियता थियो। 

सरसफाइका क्रममा वरिपरिका स्थानीयवासीलगायत उपस्थित सबैलाई गुर्जोको महत्व प्रकाश पार्दै गुर्जो चियासमेत सेवन गराइएको थियो। उपस्थित सफाइ अभियानकर्मीलाई गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनाइएको चिया र धुलोका पोकासमेत निःशुल्क वितरण गरिएको थियो।

प्रकाशित: Mar 24, 2022| 09:20 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।