आइतबार, जेठ ६, २०८१

५८ प्रतिशत क्षयरोगी उपचारको दायराबाहिरै, सन् २०३५ मा कसरी हुन्छ निर्मूल?

५८ प्रतिशत क्षयरोगी उपचारको दायरामा नआउनुले सन् २०३५ सम्ममा क्षयरोगमुक्त गर्ने लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण देखिएको केन्द्रका निर्देशक सञ्जयकुमार ठाकुर बताउँछन्।
 |  बिहीबार, चैत १०, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, चैत १०, २०७८

काठमाडौं- नेपालमा हरेक वर्ष लगभग ६९ हजार क्षयरोगी थपिन्छन्। तर करिब २८ हजार मात्रै उपचारको दायरामा आउँछन्। राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकअनुसार प्रतिवर्ष करिब ४१ हजार क्षयरोगी उपचारको दायरामा नै आउँदैनन्। गत आर्थिक वर्ष २०७७/७८मा २८ हजार ६७७ जना क्षयरोगी उपचारको दायरामा आएका थिए। ५८ प्रतिशत क्षयरोगी उपचारको दायरामा नआउनुले सन् २०३५ सम्ममा क्षयरोगमुक्त गर्ने लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण देखिएको केन्द्रका निर्देशक सञ्जयकुमार ठाकुर बताउँछन्। 

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल पनि यो बजेट कम भएकाले क्षयरोग नियन्त्रणका लागि लगानी बढाउनुपर्ने बताउँछन्। 'यति बजेटले भएका कार्यक्रमलाई थेग्न मात्रै सकिन्छ, अन्य नयाँ कार्यक्रम लैजान सकिँदैन,' उनले भने।  भएका कार्यक्रमले मात्रै क्षयरोग नियन्त्रण गर्न नसकिने केन्द्रका निर्देशक ठाकुर बताउँछन्। 

सरकारले वार्षिक ७२ करोड रुपैयाँ क्षयरोगीको उपचार तथा जोखिम न्यूनीकरणका लागि खर्च गर्दै आएको छ। सरकारले क्षयरोग निवारणका लागि ग्लोबल फन्डबाट २२ करोड प्राप्त गर्दै आएको छ। 

नेपालका प्रयास

नेपालमा सन् १९९५ देखि क्षयरोग नियन्त्रण तथा जोखिम न्यूनीकरणका योजनाबद्ध प्रयास हुन थालेको हो। १९९५ देखि २००५ सम्म मूलतः प्रत्यक्ष निगरानीमा आधारित क्षयरोग उपचार विधि (डट्स)लाई अबलम्बन गरेको थियो। 

corrent noodles
Metro Mart

त्यसपछि २००६ देखि २०१५ सम्म क्षयरोग नियन्त्रण रणनीतिको अवधारणा अनुसार कार्यक्रम सञ्चालन भए। सन् २०१६ देखि २०३५ सम्म विश्व स्वास्थ्य संगठनले तय गरेको क्षयरोग अन्त्य गर्ने रणनीतिलाई नेपाल सरकारले क्षयरोगको रणनीतिक योजनाका रुपमा आत्मसात गरेको छ। 

विश्व स्वास्थ्य संगठनको निर्देशनलाई आधार मान्दै रणनीतिक पञ्चवर्षीय योजना २०७८/७९– २०८२/८३ तयार गरी कार्यान्वायन गरेको छ। स्वास्थ्यसेवा प्रणालीलाई सुदृढीकरण गरी स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि गुणस्तरीय क्षयरोग सेवाको सुधार गर्ने, मेडिकल कलेज, निजी स्वास्थ्य संस्था तथा प्राज्ञिक संस्थाहरुसँग साझेदारीको विकास गर्ने, राष्ट्रिय क्षयरोग प्रयोगशालाको सुदृढीकरण, देशका विभिन्न ४ स्थानमा क्षयरोग प्रयोगशालाको स्थापना, जिन एक्सपर्ट र माईक्रोस्कोपिक केन्द्रको रणनीतिक रुपमा विस्तार गर्ने लगायतका काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

स्वास्थ्य संस्थामा आधारित उपचार पद्धतिको सुदृढीकरणका साथै समुदाय र परिवारमा आधारित डट्स सेवाको विस्तार गर्ने, ७ वटै प्रदेशमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको विकास र क्षयरोग रोकथाम तथा उपचारलाई विस्तार गर्ने योजनाअनुसार काम भइरहेको निर्देशक ठाकुर बताउँछन्। स्वास्थ्य संस्थाहरुमा बिरामीको विस्तृत विवरणमा आधारित विद्युतीय निगरानी प्रणालीलाई सुदृढीकरण गर्ने रणनिति समेत अंगीकार गरिएको उनले बताए। यी रणनीति कार्यान्वयनका लागि १० कार्यनितिहरु तय गरिएको छ। 

'क्षयरोगमुक्त नेपाल घोषणा अभियानलाई सफल बनाउन समुदायको संलग्नता, गैरसरकारी र निजी क्षेत्रको सुदृढीकरण, स्थानीय श्रोतको परिचालन र एकीकृत कार्यक्रमको रुपमा सञ्चालन गर्ने कामहरू भइरहेका छन्,' ठाकुर भन्छन्, ‘रणनीति अनुसार प्रत्येक स्थानीय तहलाई क्षयरोग मुक्त गर्दै क्षयरोग निवारणका लक्ष्य हासिल गर्ने उद्देश्यका साथ यो आर्थिक वर्षदेखि २५ वटा स्थानीय तहमा अभियानका क्रियाकलाप सञ्चालन सुरु गरिएको छ। यस अभियानलाई आगामी ४ वर्षभित्रमा ७५३ वटै स्थानीय तहमा कार्यान्वयन गरिने योजना रहेको उनले बताए।

‘नेपालको क्षयरोगको तथ्याकं भयावह छ, लगभग ५० प्रतिशत नेपालीमा क्षयरोगका किटाणुहरु छन्। उपचारको पहुँचमा आउनुअघि एकजना क्षयरोगीले १० देखि २० जनालाई सार्न सक्छ,' डा. ठाकुर भन्छन्।

हाल नेपालमा क्षयरोगको उपचारका लागि ५ हजार ५०३ डट सेवाकेन्द्र छन्। सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सबै जिल्लामा लैजाने सरकारको लक्ष्य छ। 

सरकारले क्षयरोगको उपचार निःशुल्क रुपमा गर्दै आएको छ। अझैपनि समुदायमा स्तरमा क्षयरोगविरुद्ध जनचेतनाको अभावका कारण लुकाएर बस्ने समस्या चुनौतीका रूपमा अझ पनि रहेको विज्ञहरु बताउँछन्। 

विश्व स्वास्थ्य संगठनका अनुसार २०२० मा विश्वभर करिब ९९ लाख मानिस क्षयरोगबाट पीडित छन्। नेपालमा पनि हजारौं मानिस यो रोगबाट पीडित छन्। नेपालमा उपचारमा ढिला पुग्ने समस्या रहेको चिकित्सक बताउँछन्।  

‘नेपालको क्षयरोगको तथ्याकं भयावह छ, लगभग ५० प्रतिशत नेपालीमा क्षयरोगका किटाणुहरु छन्। उपचारको पहुँचमा आउनुअघि एकजना क्षयरोगीले १० देखि २० जनालाई सार्न सक्छ,' डा. ठाकुर भन्छन्।

नेपालमा हुने क्षयरोगीमध्ये ७५ प्रतिशत भन्दा बढी फोक्सोका क्षयरोगी हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क लगायतमा क्षयरोग हुने केन्द्रको भनाइ छ। 

क्षयरोगका बिरामीमा मन्द ज्वरो आउने, रुचि नहुने र तौल घटनेलगायत लक्षण देखिन्छन्। डा. ठाकुरका अनुसार बिरामीले ६ महिनासम्म औषधि खानैपर्छ। 'केही बिरामीले औषधि खाएको केही समयभित्रै स्वस्थ महसुस गरेर छोड्छन्। त्यसो गर्दा किटाणु निख्रिसकेको हुन्न। यसो गर्दा पूर्ण रूपमा ठिक नहुने सम्भावना हुन्छ,' उनले भने। बीचैमा औषधी खान छोडनेहरुलाई बल्झिए  पुनः निको नहुने समस्या पनि आउन सक्छ। 

विश्व स्वास्थ्य संगठनले सन् २०३५ सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष मार्च २४ मा क्षयरोग निवारण दिवस मनाउँदै आएको छ। नेपालले यस वर्षका लागि 'क्षयरोग अन्त्यका लागि लगानी बढाऔं' भन्ने नारा तय गरेको छ।

प्रकाशित: Mar 24, 2022| 06:45 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्