मंगलबार, कात्तिक १०, २०८३
  • गृहपृष्ठ
  • कला/साहित्य
  • सलमान खानको प्रस्तुति हेर्न २५ हजारसम्मको टिकट, पर्यटनमन्त्री आलेले दिए सगरमाथा हेर्ने निम्तो

सलमान खानको प्रस्तुति हेर्न २५ हजारसम्मको टिकट, पर्यटनमन्त्री आलेले दिए सगरमाथा हेर्ने निम्तो

बलिउड अभिनेता सलमान खानको प्रस्तुति रहने कार्यक्रममा ३० हजार दर्शक आउने अपेक्षा आयोजकले गरेको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं– बलिउड अभिनेता सलमान खानको प्रस्तुति रहने कार्यक्रममा ३० हजार दर्शक आउने अपेक्षा आयोजकले गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ओडीसीले आगामी जेठ १४ गते दशरथ रंगशालामा सलमानको उपस्थितिमा कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ।

कार्यक्रमका लागि ४ थरीको टिकट बिक्री गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो। ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट बिक्री हुनेछन्। डिजिटल वालेटमार्फत टिकट बिक्री गरिने आयोजकले जनाएको छ। कार्यक्रममा बलिउड कलाकार खानअघि नेपाली कलाकारको लाइनअप प्रस्तुति रहनेछ। नेपाली कलाकारको करिब डेढ घण्टा प्रस्तुति रहने आयोजकले जनाएको छ।

त्यसपछि सलमान खानसहितका बलिउड कलाकारको प्रस्तुति रहनेछ। ओडीसीले यस्तो कार्यक्रम २०७४ सालमै गर्न खोजेको थियो। त्यतिखेर विभिन्न कारणले हुन नसकेको कार्यक्रम अहिले गर्न लागिएको आयोजकले बताएको छ।

आज नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन्। सलमानसँग भएको भर्चुअल संवादमा उनले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन आग्रह गरे। मन्त्रीको आलेको यो प्रस्तावलाई सकारात्मक रुपमा लिँदै सलमानले नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवर्द्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने बताएका थिए।

नेपाल आउने कार्यक्रम तय भएकोमा आफू एकदमै उत्साहित रहेको सलमानले बताए। करिब १० मिनेट भएको कुराकानीमा मन्त्री आलेले आफू खानको ठूलो फ्यान भएको र उनका अधिकांश फिल्म हेरेको सुनाएका थिए। आलेले सलमानलाई सगरमाथा हेर्न निम्तोसमेत दिए।

प्रकाशित: Mar 23, 2022| 17:29 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।