बुधबार, असार ३१, २०८३

पुनर्निर्माणमा केन्द्रित महानगरको बोर्ड बैठक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौं महानगरपालिकाको २७औं बोर्ड बैठक शुक्रबार बसेको छ। बोर्ड बैठकमा मेयर, उपमेयर तथा ३५ वडाका वडाध्यक्ष उपस्थित थिए।

बैठकको प्रमुख एजेन्डा रानीपोखरी, हरिहर भवन र वागदरबारको पुनर्निर्माणमा केन्द्रित थिए। उपमेयर हरिप्रभा खड्गीका अनुसार रानीपोखरीलाई बाहिरी क्षेत्रमा बस्न मिल्ने खालको पार्कको ढाँचामा लैजाने र भित्रको मन्दिर भने पुरानै शैलीमा बनाउने तयारी भइरहेको छ।

यस्तै, भूकम्पबाट भत्किएको धरहराको अंशलाई यथावत् राखेर नजिकै पहिलेकै मोडेलमा नयाँ बनाउने महानगरको योजना छ। वागदरबारको पुनर्निर्माणमा भने अझै समझदारी जुटेको छैन। वागदरबारको पुनर्निर्माणका लागि जटिलता रहेको वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।