सोमबार, असार ८, २०८३

डुबेर दुई बालबालिकाको मृत्यु

देशका छुट्टा छुट्टा स्थानमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ। बर्दिया, गुलरिया नगरपालिका-४ स्थित बबई नदीमा डुबेर १० वर्षीय बालकको ज्यान गएको हो।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- देशका छुट्टा छुट्टा स्थानमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ। बर्दिया, गुलरिया नगरपालिका-४ स्थित बबई नदीमा डुबेर १० वर्षीय बालकको ज्यान गएको हो।

National life

ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने धनिराम यादवका १० वर्षीय छोरा रिदम यादव रहेका छन्। मंगलबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै सप्तरी, विष्णुपुर गाउँपालिका-५ मझाउस्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने पवन मण्डलकी छोरी ७ वर्षीया ज्योती मण्डलको मंगलबार साँझ मृत्यु भएको छ। 

पोखरीमा लुगा धुन जाँदा डुबेर अशक्त भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 23, 2022| 12:56 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।