काठमाडौं- यात्रु बनेर ट्याक्सी चालकलाई लुटपाट गर्ने तीन जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार राति ११ बजे बा २ ज २७१३ र बा २ ज ३६६९ नम्वरको ट्याक्सीमायात्रु बनी चढेर उक्त ट्याक्सीहरुलाई लुटपाट गरेको थियो। ट्याक्सीलाई वुढानिलकण्ठ नगरपालिका-७ हेपालीहाईटमा लगी धारीलो हतियार(चक्कु) देखाई मोवाईल र नगद लुटपाट गरी भाग्दै गरेको अवस्थामा लुटपाट गरीएका सामानहरु सहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोट ककनी रानीपौवाका १८ वर्षका कविन परियार र टोखा नगरपालिका-३ ग्रिनल्याण्डका २३ वर्षको राहुल शिल्पकार रहेका छन्। उनीहरुलाई महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठवाट खटिएको प्रहरी टोलीले बासबारी न्युरो हस्पिटल नजिकैवाट पक्राउ गरेको हो।
उक्त घटना पश्चात फरार रहेका झापा लक्ष्मीपुरका २५ वर्षीय बिराज ढकाललार्ई मिति शुक्रबार बिहान धापासीबाट पक्राउ गरी महानगरीय प्रहरी प्रभाग वुढानिलकण्ठमा राखिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४