बिहीबार, साउन २८, २०८३

देशका छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला

देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन्। रूपन्देही, सैनामैना नगरपालिका-४ लखनपाडास्थित सैनामैना कृषि पशुपंक्षी तथा मत्स्यपालन फर्ममा काम गर्ने एक जना मृत फेला परेका छन्।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन्। रूपन्देही, सैनामैना नगरपालिका-४ लखनपाडास्थित सैनामैना कृषि पशुपंक्षी तथा मत्स्यपालन फर्ममा काम गर्ने एक जना मृत फेला परेका छन्।

प्रहरीका अनुसार नवलपरासी सरावल गाउँपालिका-७ घर भएका ६७ वर्षीय राम आज्ञा केवट सोही फर्मको आफै सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन्। 

यस्तै दाङ शान्तिनगर गाउँपालिका-६ कोर्वाङघाटस्थित कुलोमा बबई गाउँपालिका-७ बस्ने ६५ वर्षीया गंगी कुवँर मंगलबार मृत फेला परेकी छिन्। 

मृतकको अनुहार र खुट्टामा घाउचोट देखिएकोले इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले सोधपुछको लागि एक जनालाई नियन्त्रणमा लिएको छ। 

यस्तै ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-३ दोभान बजार नजिक तमोर नदीको किनारमा नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Mar 23, 2022| 12:00 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।