कास्की- अन्नपूर्ण गाउँपालिका-९ बस्ने ३२ वर्षीय सेते गर्वुजालाई एक थान भरूवा बन्दुकसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ।
सोही गाउँपालिका-९ उल्लेरीमा बन्दुक पड्केको आवाज आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी विरेठाटीबाट खटिएको प्रहरीले सोधपुछ गर्दा गर्वुजाले भरुवा बन्दुक पड्काई भागेको प्रहरीले जनाएको छ। उनको खोजी गर्ने क्रममा सोही ठाउँस्थित जंगलमा लुकी बसेको अवस्थामा प्रहरीले भरुवा बन्दुकसहित उनलाई फेला पारेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।