सोमबार, असार ८, २०८३

ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

ट्रकले ठक्क दिँदा दुई वर्षीया बालिकाको ज्यान गएको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८
National life
Shivam cement

धनुषा- ट्रकले ठक्क दिँदा दुई वर्षीया बालिकाको ज्यान गएको छ। मिथिला नगरपालिका-३ हरियरपुर बस्ने निरबहादुर थापा मगरकी छोरी दुई वर्षीया स्नेहा थापा मगरको ना४ख २३८९ नम्बरको ट्रकको चक्काले किच्दा मंगलबार दिउँसो मृत्यु भएको हो। 

निर बहादुरले आफ्नै घर अगाडि पार्किङ गरी राखेको उक्त ट्रक घरबाट लिएर हाइवेतर्फ निस्किने क्रममा स्नेहा खेल्दै गरेको अवस्थामा अचानक ट्रकको चक्कामा पर्न जाँदा चक्काले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: Mar 23, 2022| 11:50 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।