बझाङ- मदिरा सेवन गरेर सुतेका एक पुरुष मृत फेला परेका छन्। कैलालीको भजनी नगरपालिकाका ४० वर्षीय रामबहादुर चौधरी मंगलबार राति मदिरा सेवन गरेर सुतेकोमा बुधबार बिहान मृत फेला परेका हुन्।
उनले साथीहरू ‘लिची’ ब्राण्डको मदिरा सेवन गरेको प्रहरीले जनाएको छ। बिहान अबेरसम्म पनि नउठेपछि उनका साथी किरण चौधरीले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार जयपृथ्वी नगरपालिका-१० चौगाईं टोलमा बस्दै आएका रामबहादुर एक महिनादेखि दरमुकाम चैनपुरमा मजदुरी काम गर्दै आएका थिए। प्रहरीले उनको मृत्यु बारे अनुसन्धान थालिएको जनाएको छ।