काठमाडौं- भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएर सवारी दुर्घटना भएको छ। सिन्धुपाल्चोकबाट काठमाडौं आइरहेको प्रदेश–३–०१ ०२३ च २३५६ नम्बरको शववाहनले विपरीत दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकलमा आगलागी भएको छ। आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। मोटरसाइकल नम्बर र चालकको परिचय भने खुल्न सकेको छैन।