सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्वतीय समस्याको दिगो समाधानका लागि नीतिगत क्षेत्रीय बहस आयोजना गरिँदै

पर्वतीय समस्याको दिगो समाधानका लागि नीतिगत क्षेत्रीय बहस आयोजना गरिँदै

संयुक्त राष्ट्र संघले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षको रुपमा मनाउन गरेको निर्णयानुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले यही चैत ९ र १० गते काठमाडौंमा सो कार्यक्रम गर्न लागेको हो।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ का सन्दर्भमा नेपालले पर्वतीय समस्याको दिगो समाधानका लागि नीतिगत क्षेत्रीय बहस कार्यक्रम आयोजना गर्दैछ। संयुक्त राष्ट्र संघले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षको रुपमा मनाउन गरेको निर्णयानुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले यही चैत ९ र १० गते काठमाडौंमा सो कार्यक्रम गर्न लागेको हो।

National life

संयुक्त राष्ट्र संघले सो निर्णयानुसार विश्वका सबै मुलुकका सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, गैरसरकारी संस्थालगायत सबै सरोकारवालालाई पर्वतीय पारिस्थितिकीय प्रणालीको महत्वको प्रचारप्रसार हुने गरी वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्न आह्वानसमेत गरेको छ। 

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा वन मन्त्री रामसहायप्रसाद यादवले क्षेत्रीय बहस कार्यक्रमको समुद्घाटन तथा अन्तर्राष्ट्रिय पर्वतीय वर्षको नेपाली कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत ९ गते चन्द्रागिरि हिल्स रिसोर्टमा गर्ने जानकारी दिए।

नेपालको झण्डै ८६ प्रतिशत भूभाग चुरे, महाभारत, उच्चपहाडी भूभाग र हिमाली भागले ओगटेको छ। हिमाली र पर्वतीय भूभागमा जलवायु परिवर्तनको प्रभाव तुलनात्मक रुपमा बढी हुने वैज्ञानिक अध्ययनले पुष्टि गरिसकेको अवस्था छ। मन्त्री यादवले पर्वत र जोडिएका समथर भूभाग एकापसमा प्रभावित हुने हुँदा पर्वतीय विषयको विश्वव्यापी चासो नेपालका लागि एउटा महत्वपूर्ण अवसर भएको उल्लेख गरे।  

क्षेत्रीय बहस कार्यक्रमको प्राविधिक सत्रमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ। तिनमा पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्ध गरी पाँच विधा रहेका छन्। 

Shivam cement

प्रत्येक प्राविधिक सत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु मध्येबाट दुई वटा कार्यपत्र प्रस्तुत हुने र हरेकमा दुई जना विज्ञहरुबाट कार्यपत्रमाथि टिप्पणी हुने उनले जानकारी दिए। प्राविधिक सत्रहरुको समापनपश्चात् नेपालले राष्ट्रिय नीति तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउनुपर्ने पर्वतीय मुद्दाका विषयहरु के-के हुन सक्छन् तिनलाई बुँदागतरुपमा तयार गरी प्रस्तुत गरिनेछ।  

दिगो पर्वतीय वर्ष मनाउने क्रममा सन् २०२२ भित्र नीति निर्मातासँगको अन्तक्र्रिया, मुस्ताङमा पर्वतीय सम्मेलन, जलवायु परिवर्तनको २७औँ सम्मेलनको लागि सुझाव सङ्कलन गोष्ठी र अन्तर्राष्ट्रिय पर्वतीय दिवस कार्यक्रम आयोजना गर्ने योजनासमेत रहेको मन्त्री यादवले बताए।

अन्तर्राष्ट्रिय पर्वतीय वर्ष मनाउने कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्र संघीय नियोगहरु, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, विश्व वन्यजन्तु कोष, अन्तर्राष्ट्रिय संरक्षण संघ, विकास साझेदार, गैरसरकारी संघ संस्थालगायतको सहकार्य र समन्वय रहने मन्त्रालयले जनाएको छ।   रासस

प्रकाशित: Mar 23, 2022| 08:25 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।