बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम सरकारद्वारा वन रक्षकमा विज्ञापन आह्वान

सुदूरपश्चिम सरकारद्वारा वन रक्षकमा विज्ञापन आह्वान

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ।

सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट माग भई आएअनुसार आयोगले १६७ पदमा खुला तथा समावेशी कोटामा दरखास्त आह्वान गरेको हो।

आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी/जनजाति २०, मधेसी १६, दलित ७, अपाङ्ग चार र पिछडिएको क्षेत्रबाट तीन गरी १६७ जनाका लागि विज्ञापन आह्वान गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने छन् । 

कक्षा ८ उत्तीर्ण भई शारीरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ।

प्रकाशित: Mar 23, 2022| 07:50 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।