शनिबार, मंसिर १३, २०८२

बुद्धको मावली देवदहमा प्रस्तर मूर्तिकला कार्यशाला सुरु

रुपन्देहीको देवदहमा प्रस्तर मूर्तिकला कार्यशाला सुरु भएको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

बुटवल- रुपन्देहीको देवदहमा प्रस्तर मूर्तिकला कार्यशाला सुरु भएको छ। देवदह नगरपालिकाको आयोजना एवं ड्रिम देवदह र स्मृति सामुदायिक वनको सहकार्यमा देवदह-७ कोस्मृति वन बाटिकामा मंगलबारदेखि १५ दिने मूर्तिकला कार्यशाला सुरु भएको हो।

National life

कार्यशालाको लुम्बिनी प्रदेश सरकारकी  कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले उद्घाटन गरिन्। मन्त्री घर्तीले गौतमबुद्धको मावली स्थल देवदहलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न कार्यशालाले सकारात्मक सन्देश दिने बताइन्।

देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदहको पर्यटन विकासका लागि पार्कहरूलाई फरक फरक विशेषता सहित विकास गर्न थालिएको बताए। उनले  स्मृति वन बाटिकामा बन्ने प्रस्तर मूर्तिकलाले नयाँ पहिचान स्थापित गर्ने बताए।

देवदह-७ का अध्यक्ष पदम थापा लगायतले यसअघि स्मृति वन बाटिकामै काष्ठकला कार्यशाला गरिएको र त्यसले देवदहको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको बताए।

कार्यशालामा नेपालका खातीप्राप्त २५ जना मूर्तिकारहरूले थिम पार्कको अवधारणा अनुरूप कोलिय गणराज्य देवदह, बौद्ध साहित्य र बुद्धसँग सम्बन्धित पात्रहरू, बौद्ध दर्शन, शान्ति, प्रेम, सद्भाव र मानवीय एकता झल्काउने भावका मूर्तिहरू निर्माण गर्ने प्रचारप्रसार संयोजक टंक पोखरेलले जानकारी दिए। कार्यशाला सम्पन्न गर्न करिब ३८ लाख खर्च अनुमान गरिएकोमा देवदह नगरपालिकाबाट १० लाख विनियोजन भएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 23, 2022| 07:40 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।