बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनुषामा १३ प्रतिशतले अपराधिक घटनामा वृद्धि, '१९ जनाको हत्या'

धनुषामा १३ प्रतिशतले अपराधिक घटनामा वृद्धि, '१९ जनाको हत्या'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- सरकारले सुशासन तथा शान्ति सुरक्षाको दाबी गर्दै आइरहेपनि धनुषामा आपराधिक घटनाहरुमा वृद्धि भएको पाइएको छ। पछिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७४-७५ मा जिल्लामा अपराधिक घटनाहरुको संख्या १३ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्ष २०७३-७४ मा विभिन्न प्रकृतिका अपराधिक मुद्दाहरुको संख्या ८३६ रहेको थियो भने गत आर्थिक वर्षमा यो संख्या ९ सय ५३ पुगेको छ। २०७२-७३ मा जिल्ला प्रहरी कार्यालयमा जम्मा ५ सय ६८ आपराधिक घटनाहरु मात्र दर्ता भएका थिए।

गत वर्ष सम्पन्न स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कारण आपराधिक घटनाको संख्यामा वृद्धि हुन गएको जिल्ला प्रहरी कार्यालय धनुषाको तर्क छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपेन्द्र शाहीका अनुसार तीन तहको सम्पन्न निर्वाचनको क्रममा सानोतिनो विवादसमेत दर्ता हुँदा मुद्दाको संख्या बढ्न गएको बताए।
 
आगामी वर्षहरुमा समेत आपराधिक घटना बढेर जाने जिल्ला प्रहरी कार्यालयको अनुमान छ। जनकपुर प्रदेशको राजधानी भइसकेपछि मानिसको चाप बढ्नुका साथै सुरक्षा चुनौती समेत थपिएको छ, डीएसपी शाहीले भने,‘विशिष्ठ व्यक्तिदेखि सर्वसाधारणको चाप बढेर गएको छ, चाप बढेपछि आपराधिक घटना वृद्धि हुने संभावना देखेका छौँ। तर, हामी सचेत छौँ ।’ 

जनकपुरसहित जिल्लाको शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरी हरपल तयारी अवस्थामा रहेको उनको भनाइ छ। गत आर्थिक वर्षमा धनुषामा सबैभन्दा बढी सार्वजनिक अपराध सम्बन्धी ३ सय ८७ मुद्दा दर्ता भएको छ। यसअघि पछिल्लो दुई आर्थिक वर्षमा यो संख्या क्रमशः ३५० र १८८ मात्र थियो। सार्वजनिक अपराधको मुद्दा बढ्नुको प्रमुख कारण पनि तीन तहको निर्वाचन नै रहेको शाहीले बताए।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १९ वटा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको छ। आर्थिक वर्ष २०७३-७४ मा ८ सय ३६ र त्यसअघि संख्या १६ थियो। त्यसैगरी गएको आर्थिक वर्षमा ३५ ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता भएको छ भने पछिल्ला दुई आर्थिक वर्षमा भने यस प्रकृतिका मुद्दाको संख्या क्रमशः १४ र १३ मात्र थियो।

पछिल्ला दुई आर्थिक वर्षमा मानव बेचविखन सम्बन्धी कुनै मुद्दा दर्ता नभएपनि गत आर्थिक वर्ष ३ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा छ। 

त्यसैगरी अपहरण तथा शरीर बन्धक सम्बन्धी घटनामा समेत वृद्धि भएको देखिएको छ।पछिला दुई आर्थिक वर्षहरुमा अपहरण तथा शरीर बन्धकका १ घटना मात्र दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषामा गत आर्थिक वर्ष ४ वटा मुद्दा दर्ता भएको छ।

जिल्लामा चोरीको घटनामा समेत वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षमा ४८ वटा चोरी सम्बन्धी मुद्दा दर्ता भएको छ भने पछिल्ला दुई आर्थिक वर्षहरुमा यो संख्या ४५ र २६ थियो। त्यसैगरी गत आर्थिक वर्ष जर्बजस्ती करणीको १७, जर्बजस्ती करणी उद्योग १२, हातहतियार तथा खरखजाना ५, सवारी ज्यान ६३ र बालबिवाह सम्बन्धी १ घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

लागु औषध ओसारपोसार नियन्त्रण गर्न सीमा क्षेत्रमा कडाई गरिएको प्रहरीले बताएपनि नियन्त्रण भने हुन सकेको छैन्। गएको आर्थिक वर्ष लागु औषध सम्बन्धी ७० मुद्दा दर्ता भएको छ। पछिल्ला दुई आर्थिक वर्षहरुमा यो संख्या क्रमशः ३९ र २३ मात्र थियो।

विगतको भन्दा अहिले मुद्दा दर्ता गराउन सहज भएको हुँदा संख्या बढेको देखिन आएको एक प्रहरी अधिकृतले बताए। यसअघि जिल्ला प्रहरी कार्यालयमा मात्र मुद्दा दर्ता गर्ने प्रावधान रहेकोमा अहिले सबै इलाका प्रहरी कार्यालयमा पीडितका लागि यो सुविधा उपलब्ध गराइएको उनले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।