बुधबार, असार ३१, २०८३

दुधकोशीलाई एडिबीको ५० अर्ब सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दुधकोशी जलविद्युत आयोजनालाई एसिया विकास बैंक (एडिबी) ले ५० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र एसियाली विकास बैंक(एडिबी) को आवासीय प्रतिनिधी मुखतोर खामुडखानोभबीच भएको भेटवार्तामा उक्त आयोजनालाई सहयोग गर्ने प्रतिवद्धता गरेको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले बताए।
 
सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगती र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो। 

भेटमा मन्त्री पुनले दुधकोशी जलविद्युत आयोजना छिट्टै अगाडी बढाउने गरी काम सुरु भइसकेको जानकारी समेत दिएका थिए। दुधकोशी परियोजनामा टिबीएमको प्रयोग गरेर भएपनि काम दु्रत गतिमा अघि बढाउने मन्त्रालयको सोच रहेको उनले सुनाए।

त्यस्तै एडिबीका आवासीय प्रतिनिधी खामुडखानले एशियाली विकास बैंकको सहयोगमा संचालित आयोजनाहरुको प्रगतीको बारेमा जानकारी मन्त्री पुनलाई गराएका थिए। 

उनले उर्जा क्षेत्रमा थप सहयोग गर्न एडिबी तयार रहेको धारणा राखेका छन्।  ‘मन्त्रालय र हामीबीचको सम्बन्ध राम्रो छ, उर्जा क्षेत्र हाम्रो पनि प्राथमकितामा भएकाले आगामी दिनमा समेत हाम्रो सहकार्य अझ सुमधुर हुन्छ,’उनले भने ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्