बुधबार, चैत १५, २०७९
  • गृहपृष्ठ
  • विचार/ब्लग
  • कम्युनिस्ट पार्टीहरू सिद्धान्त र विचारको हास्यास्पद रामरमिता देखाइरहेका छन्

कम्युनिस्ट पार्टीहरू सिद्धान्त र विचारको हास्यास्पद रामरमिता देखाइरहेका छन्

नेपालका वामपन्थी र लोकतन्त्रिक इतिहास राजनीतिक अस्थिरता–स्थिरतासँग जोडिएर प्रश्नहरु उब्जिएका छन्। राजनीतिक दलबीचको झगडा, प्रतिशोध, आग्रह, खुट्टा तानातानको प्रवृत्तिले हाम्रो लोकतान्त्रिक अस्थिरतालाई अप्रत्यक्ष दिशा निर्देश गरेको छ। यी कुराहरुले नै वामपन्थ र कम्युनिष्टहरुको भविष्यलाई संकेत गर्छन्।
 |  मंगलबार, चैत ८, २०७८

घनश्याम भुसाल

घनश्याम भुसाल

मंगलबार, चैत ८, २०७८

संविधानले जनता र राज्यबीचको अधिकार तथा कर्तव्य बाँडफाँड टुंग्याएको थियो। वास्तवमा त्यो ७० वर्षको आन्दोलनले दिएको महत्वपूर्ण कुरा हो। संविधानले अस्थिरताबाट जोगिन ठूलो आधार दियो। तर, त्यसलाई बोक्न भने शक्ति चाहिन्थ्यो। जुन, नेपाली राजनीतिक दलसँग देखिएन।

National life insurance

२०७४ मा भएको निर्वाचनले नेपालमा कम्युनिष्टहरुको जनमतलाई राजनीतिक रुपमा ग्यारेन्टी ग¥यो। तर अहिले भने ती उपलब्धिलाई हामीले रक्षा गर्न सकिरहेका छैनांै। यस तथ्यलाई कम्युनिष्ट पार्टीको विभाजनले थप प्रमाणित गरेको छ। 

नेपालका वामपन्थी र लोकतन्त्रिक इतिहास राजनीतिक अस्थिरता–स्थिरतासँग जोडिएर प्रश्नहरु उब्जिएका छन्। राजनीतिक दलबीचको झगडा, प्रतिशोध, आग्रह, खुट्टा तानातानको प्रवृत्तिले हाम्रो लोकतान्त्रिक अस्थिरतालाई अप्रत्यक्ष दिशा निर्देश गरेको छ। यी कुराहरुले नै वामपन्थ र कम्युनिष्टहरुको भविष्यलाई संकेत गर्छन्।

अहिले बाम एकता बृहत रुपमा आवश्यक छ। र, त्यसको नेतृत्व नेकपा एमालेले नै गर्नुपर्छ। एमालेको नेतृत्वविना यो एकता हुँदैन पनि। किनकि एमाले बृहत् एकताको एउटा महत्वपूर्ण प्रतिनिधि र मूलप्रवाह हो।

राजनीतिक रुपमा नेपालमा कम्युनिष्ट आन्दोलनको यथोचित संरक्षण गर्नु र त्यसलाई योजनाबद्ध रुपमा अघि लैजाने एमालेको पनि दायीत्व हो। पार्टीको इतिहासअनुसार त्यो सान्दर्भिक पनि हुन्छ। 

worldlink

यसबाहेक विभाजित अन्य पार्टीहरुको वैचारिक र सैद्धान्तिक बाटो पनि एउटै हो। संरचना मात्रै नमिलेको हो। विभाजनको कुनै औचित्य नै छैन। अहिले चुनावमा जाने तयारी गरेका तीनवटा कम्युनिष्ट पार्टीहरुबीच कुनै समस्या नै छैन। बाहिरमात्र व्यवहार नदेखिएको हो। 

यदि तपाई कहीँकतै जानु भयो भने, समाजवाद ल्याउने हो भनेर जानुहुन्छ। आजै समाजवादको उत्पादन सम्बन्ध कायम गर्न सकिन्न। त्यसको लागि तयारी गर्नुपर्छ। तयारीको लागि पहिलो सर्त भनेको मुलुकको समृद्धि हो। यसलाई यसरी पनि बुझौं, राष्ट्रिय पुँजीको पर्याप्त विकास गर्नुपर्छ। सैद्धान्तिक रुपले जाँदा पनि लोकतान्त्रिक हिसाबले नै जाने हो। 

नेपालका वामपन्थी र लोकतन्त्रिक इतिहास राजनीतिक अस्थिरता–स्थिरतासँग जोडिएर प्रश्नहरु उब्जिएका छन्। राजनीतिक दलबीचको झगडा, प्रतिशोध, आग्रह, खुट्टा तानातानको प्रवृत्तिले हाम्रो लोकतान्त्रिक अस्थिरतालाई अप्रत्यक्ष दिशा निर्देश गरेको छ। यी कुराहरुले नै वामपन्थ र कम्युनिष्टहरुको भविष्यलाई संकेत गर्छन्।

अब प्रश्न आउँछ वैचारिक, सैद्धान्तिक बाटो एउटै छ भने एउटै देशमा तीन–तीनवटा पार्टी किन चाहियो ? एउटै बनेर, बृहत बनेर जाँदा हुँदैन र? सिद्धान्त र विचारको हास्यास्पद राम–रमिता किन देखाउने? यसमा केही पूरक राजनीतिक कारणहरु छन्। जस्तैः २०७७ पुस ५ गते संसद विघटन्को प्रयासमा हामीहरु अझैपनि विभाजित त छौं नै। जुन एउटा राजनीतिक मुद्दा थियो। तर यो विषयलाई अदालतको संवैधानिक इजलासले निरुपण गरिसकेको छ। संविधान अनुसार त्यो विघटनको प्रयास सही थियो वा गलत थियो भन्नेबारे प्रष्ट भइसकेको छ। तर, सर्वोच्चको त्यो फैसला गलत छ, भनेर हामी जानु हुँदैन। यदि त्यसरी जाने हो भने, संविधान भत्कन सुरु गर्छ।

अब पनि संसद विघटन ठिक छ भनेर जानुको अर्थ अस्थिरताको वकालत गर्नु हो। जुन काम यति जिम्मेवार पार्टी (एमाले) हामीबाट हुनुहुँदैन, गर्दैनौं पनि। 

संसद् विघटनको प्रयाससँगै विभाजित भएकाहरुको लागि यो विषय अब एउटा पुरानो इतिहास भइसक्यो। यसमै अल्झिरहनुपर्ने कारण छैन। त्यो राजनीतिक मुद्दा थियो, अदालतले त्यसलाई टुंगाइसकेको छ। यति भइसकेपछि अब वैचारिक र सैद्दान्तिक बाटो एउटै छ भने फरक–फरक पार्टी बनाउनुको कुनै औचित्य छैन। 

खतरनाक तत्वको भ्रम 

चुनाव नजिकिँदै छ। एमालेले आफ्नो साइजको जित निकालिहाल्छ। माओवादी र एकीकृत समाजवादीले पनि आफ्नो साइजको जित निकाल्लान्। तर, समग्र निष्कर्षमा भन्ने हो भने वामहरुले मिलेर जित्ने जीत धेरै ठूलो हुन्छ, धेरै प्रभावकारी हुन्छ। जस्तो ठूलो शक्तिसँग पनि प्रतिस्पर्धामा उत्रन साहस आउछ। त्यसैले वामहरुको पक्षमा, कम्युनिष्ट पार्टीहरुको पक्षमा यो परिणामलाई सुनिश्चित गर्न पनि हामीसँग अहिले एकता गर्नुबाहेक अर्को विकल्प छैन। 

कम्युनिष्ट पार्टीका इमान्दार पात्रहरु सबै एकताको पक्षमा छन्, जसले कम्युनिष्ट आन्दोलनको निर्माणमा महत्वपुर्ण सहभागिता जनाए। उनीहरुलाई यो वाम एकताको खास अर्थ छ। उनीहरुले भविष्य पनि देखेका छन्, चुनौती पनि देखेका छन्। एकताको पक्षमा रहेका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुसँग एउटा ठोस तर्क र दिशा छ। यी कुराहरु देखिएकै छन्। 

यद्यपी, केही मानिसहरु भने यसको विरोधमा उत्रिन सक्छन्। किनकि जुनसुकै आन्दोलन, त्यसैमाथि सामाजिक संस्थाहरुमा आफूले खाइपाइ आएको सुविधा सुरक्षित राख्नेहरु भेटिन्छन् नै। उनीहरुले विरोध गर्न सक्नेछन्, त्यसमा त्यति ठूलो आपत्तिपनि रहनेछैन। जो इमान्दार छन्, उनीहरु आफैंलाई थाहा छ, पार्टी, विचार, सिद्दान्त, क्रान्ति जे भने पनि आफू उभिएको धरातल। साना तर्कहरुमा अल्झिने पात्रहरु पनि नभएका होइनन्, तर उनीहरु पनि इमान्दार नै हुन्। 

कम्युनिष्ट पार्टीका इमान्दार पात्रहरु सबै एकताको पक्षमा छन्, जसले कम्युनिष्ट आन्दोलनको निर्माणमा महत्वपुर्ण सहभागिता जनाए। उनीहरुलाई यो वाम एकताको खास अर्थ छ।

हाम्रो जस्तो भूराजनीतिमा, कम्युनिष्ट पार्टीको विरुद्दमा लाग्ने तत्वहरु धेरै छन्। तर पनि यो संसारको सुख र दुःख बुझेको जो कोही पनि वाम एकताको पक्षमै देखिएका छन्, देखिनुपर्छ पनि। 

हाम्रो मुख्य समस्या त दृष्टिकोणमा पो देखियो त। ओलीजीको आँखामा प्रचण्ड माधव कम्युनिष्टका खतरनाक तत्वहरु लाग्ने। प्रचण्ड माधवजीको आँखामा फेरी ओलीजी खतरनाक तत्व लाग्ने। अनि बाह्य पात्रहरुलाई फेरि कम्युनिष्ट भित्रकै यी दुवै खतरनाक तत्वहरु लाग्ने। कम्युनिष्टहरु आफैंमा लडिरहेका छन्। प्रहार र प्रतिशोध देखाइरहेका छन्। बाहिरबाट देख्नेहरु भने रमिताको आनान्द लिइरहेका छन्। मलाई खतरा लागेको विषय यसमै हो। रमिता हेर्नेहरुले त यसरी बुझ्ने भए की कम्युनिष्टका खतरनाक तत्वहरु आफैमा ध्वस्त भइरहेका छन्।

चुनावअघि वाम एकता कति सम्भव?

अब चुनाव आइसक्यो, वाम एकता सम्भव होला र ? भन्नेहरु पनि धेरै छन्। उनीहरुलाई स्पष्ट थाहा होस् कि, एकता सम्भव छ। त्यो पनि अधिकतम सम्भवाना सहित। ०७४ सालमा गठबन्धन गर्नुपूर्व पनि हामीलाई थाहा थियो, कम्युनिष्ट अभ्यासका पार्टीहरुको सिद्धान्त एउटै हो भने सैद्धान्तिक रुपमा पनि एक हुँदा केही फरक पर्दैन। तर, यो कुरा मैले उठाउँदा स्थायी कमिटिको बैठकमा मेरै विरोध भएको थियो। मैले ०७४ भदौमा यो विषय उठाएको थिएँ। अब अहिले पनि एकताको लागि हामीसँग पर्याप्त समय छ। बरु अझै एकतालाई कसरी स्थिरता दिने भन्नेबारेमा पनि छलफल तथा प्रशिक्षण अभियानहरु सुरु गर्न सकिन्छ। 

अहिले कम्युनिष्ट आन्दोलन जसरी निर्देशित छ, त्यसकोे जिम्मेवार हामी सबै हौं विभाजित भएका पार्टीहरु पनि कम दुःखले विभाजन भएका होइनन्। विभाजनकै लागि उनीहरुले गरेको दुःख, बगाएको पसिनाबारे छुट्टै कथा छ। तर उनीहरुको लागि पनि एकताबाहेक अर्को कुन बाटो स्पष्ट छ र? त्यसैले पनि आगामी चुनावमा गठबन्धन बन्न सक्छ। 

नेताहरुको स्वार्थको आधारमा गरिएको एकता टिक्दैन भन्ने दृश्य सबैले देखिसकेका छन्, अब गरिने एकता साँच्चीकै राज्य, जनता र पार्टीको सिद्धान्तमा आधारित हुनुपर्छ। यसरी भएको बृहत एकताभित्र नेताहरुको केही स्वार्थहरु पनि समेटिन सक्छन्, तर त्यो पछिको कुरा भयो। तर एकताको पहिलो आधार राजनीतिक स्थिरतालाई स्वीकारोक्ती हुुनुपर्छ। 

अन्त्यमा, आफैं विद्रोह गरेर विभाजित भएको एकीकृत समाजवादीले के गर्छ थाहा छैन। तर, नेपालका कम्युनिष्ट पार्टीहरु वाम एकता सहित सँगै बृहत गोरेटो बनाएर हिँड्न सके नेपालको संविधानको सान्दर्भिकता, लोकतान्त्रीक अभ्यास तथा राजनीतिक स्थिरता, राज्य र जनताको सम्बन्ध तथा सिस्टममा हामीले चाहेकै समृद्धि ल्याउन सक्छौं। फेरि अब यसबाहेक कम्युनिष्ट आन्दोलनको अर्को सम्भावित दृश्य पनि छैन।

(एमाले, माओवादी केन्द्र र समाजवादी केन्द्रसहितको बाम एकताको आवश्यकता र औचित्यबारे घनश्याम भुसालले मंगलबार राखेको विचारको सम्पादित अंश)

प्रकाशित: Mar 22, 2022| 05:22. 08 मंगलबार, चैत ८, २०७८

थप समाचार

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...

कम्युनिष्ट आन्दोलनमा युवाको बाटो

विषेशगरी कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक र सैद्धान्तिक व्याख्या भन्दा पनि अब नेपाली युवाहरूले कम्युनिष्ट आन्दोलनमा खेल्नुपर्ने भूमिका र यस आन्दोलनलाई युवाहरूले कसरी जनउपयोगी बनाउने भन्ने...

गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षबीच भिन्नता पुष्टि गर्नु छ रामचन्द्रलाई

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

राजनीतिक परिदृश्य, चुलिंदो ध्रुवीकरण र क्रमभंगता

लामो समय सामन्ती युगबाट गुज्रिएको नेपालको राजनीतिक विकासक्रम स्वाभाविक रेखामा अगाडि बढ्न सकेको देखिँदैन। सामन्तवादको प्रतिनिधित्व सामन्ती राजतन्त्रले गर्छ। सिद्धान्ततः सामन्तवाद भन्दा पुँजीवादलाई केही हदसम्म...