सोमबार, फागुन १८, २०८२

स्थानीय निर्वाचनका लागि रुपन्देहीमा ३२ दल दर्ता

आगामी वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा ३२ वटा दल दर्ता भएका छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

बुटवल– आगामी वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा ३२ वटा दल दर्ता भएका छन्। राष्ट्रिय दलको मान्यता नपाएका ३२ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ। 

निर्वाचन आयोगले केन्द्रीय निर्वाचन आयोगमा दर्ता भएका तर राष्ट्रिय दलको मान्यता नपाएका ७३ राजनीतिक दलहरुलाई स्थानीय तहको निर्वाचनका लागि जिल्ला स्तरको संगठनको विवरण बुझाउनका लागि आइतबारसम्मको समय तोकिएको थियो। सोही सिमाभित्र रुपन्देहीमा ३२ दल दर्ता भएका हुन्।

३२ दल दर्तासँगै रुपन्देहीमा ६ वटा राष्ट्रिय दल सहित ३८ वटा दलले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय दलको मान्यता पाएकाले जिल्लामा दर्ता हुनु पर्दैन। 

राष्ट्रिय दलको मान्यता नपाएका दलहरु जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका हुन्। रुपन्देहीका अनुुसार नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगशिल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, सचेत पार्टीले निर्वाचन कार्यालयमा विवरण सहित दल दर्ता गराएका छन्। 

त्यसैगरी नेपाली कांग्रेस (बीपि), राष्ट्रिय प्रजातन्त्र पार्टी,  विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी(समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), समाजवादी केन्द्र, नेपालका लागि नेपाली पार्टी, समाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी, राष्ट्रिय मुक्ति, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट) र  नेपाल सुशासन पार्टी गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ। 

kumari

स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा २०८ वटा मतदान स्थल र ७०४ वटा मतदान केन्द्र निर्धारण भइसकेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले जानकारी दिए। रुपन्देहीमा ६ लाख ३४ हजार ७ सय ९७ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। १२ सय ७२ जनाको मृत्यु भएको रेकर्ड भेटिएको निर्वाचन प्रमुुख भण्डारीले बताए। दाबी विरोधको सयम सकिएकाले चैत १५ गते अन्तिम नामावली प्रकाशन गर्ने उनले बताए। 

प्रकाशित: Mar 22, 2022| 11:06 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।