शुक्रबार, जेठ १, २०८३

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिलाई अदालतमा पेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
एजेन्सी- भ्रष्टचार मुद्धा खेपिरहेका दक्षिण अफ्रिकाका पुर्व राष्ट्रपति जुमा ज्याकोवलाई शुक्रबार उच्च अदालत पेस गरिएको छ । सन १९९० का तत्कालिन राष्ट्रपति जुमाले सैन्य सामाग्री खरिदमा दुई अब ५० करोड अमेरीकी डलर भष्टचार गरेको आरोपमा उनलाई उच्च अदालत पेस गरिएको हो। 

भ्रष्टचारका  बिभिन्न १६ भन्दाबढि मुद्धा खेपिरहेका जुमा योसँगै तेस्रो पटक अदालत पेस भइसकेका छन् । गत फेब्रुअरीमा उनलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै पदबाट बर्खास्त गरिएको थियो । 

उनले सन १९९४ मा  युरोपियन हतियार खरीद गर्दा अनियमितता गरेको  आरोप लागेको छ ।

आफू विरुद्धको आरोपलाई उनले अस्वीकार गर्दै आएका छन् । पूर्व राष्ट्रपतिको विषयमा शुरुवाती अवस्थाबाट प्रश्न गर्नुपर्ने भन्दै उनका कानुनी अधिकारीहरुले यो प्रक्रियाबाट अदालत केही पर रहेको आरोप लगाएका छन् । 

हसिँलो मुद्रा मै  अदालत परिसर पुगेपनि जुमा अदालत भित्र भने निक्कै निरास देखिन्थे । कालो सुटमा रातो टाई लगाएर सजिएका उनी जब अदालतको कठघरा पुगे त्यतिबेला उनका हात कापेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

भ्रष्टाचारको आरोप लागेका उनका समर्थकको संख्या भने कम छैन । उनका समर्थकले रातभर अदालतको परिसरमा प्रदर्शन गरेका थिए । 

जुमाको ९ बर्षे शासनकालमा समग्र दक्षिण अफ्रिकाले अर्थतन्त्र बलियो बनाएको , ऋण घटाएको तथा राजनितीक स्थायित्व कायम गरेको उनका समर्थकको टिप्पणी छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।