काठमाडौं- आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट सुरु गरेको छ।
जस अन्तर्गत पर्यटन बोर्डले २०७८ चैत्र ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना गर्ने भएको छ। बोर्डमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए।
नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापितगर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको चालु आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम अनुरुप यी कार्यक्रमहरु सञ्चालन गरिएको कार्यकारी प्रमुख डा. रेग्मीले बताए।
नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथबोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमायही २०७८ फाल्गुन २६, २७ र २८ गते सम्पन्न भएको छ। यस मार्टमा नेपालगञ्जशहरलाई ‘गेट वे कर्णली’को रुपमा प्रवर्द्धन गरिएको थियो।
त्यसैगरी धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं. १ को धरानमा यही २०७८ चैत्र ११, १२ र १३ गते ईष्ट टुरिजम मार्ट र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा यही २०७८ चैत्र २५, २६ र २७ गते मा फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागिएको पर्यटन बोर्डले जानकारी दिएको छ।
प्रदेश नं. १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार प्रचार गर्ने उदेश्यका साथ धरानमा यो मार्ट आयोजना हुन गईरहको ईष्ट टुरिजम मार्टका संयोजक भवेषकुमार श्रेष्ठले जानकारी दिए।
धरानमा सन् २०१८ देखि नै मार्ट आयोजना हुदै आइरहेकोमा ईष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको उनले जानकारी दिए।
यसैगरी चैत्र २५, २६ र २७गते धनगढीमा आयोजनागर्न लागिएको फारवेष्ट ट्राभल मार्ट २०२२ मा सुदूरपश्चिमको प्रवर्द्धन गरिने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए। यी मार्टहरुमा नाट्टाका प्रदेशस्तरीय च्याप्टरहरुका साथै स्थानीय पर्यटन सम्बद्ध संस्थाहरुको सक्रिय सहभागिता रहेको छ।
यी मार्टहरुमा सिमावर्ती भारतीय शहरका टुर अपरेटरहरुलाई बायरको रुपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्रीप्रवर्द्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया बिटुबी हुनेछ।
यी मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुलेआकर्षक स्टलहरुका साथ प्याकेजहरुको प्रवर्द्धन गर्ने बोर्डका वरिष्ठ निर्देशक ऐरले जानकारी दिए।
यी मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले आकर्षक स्टलहरुका साथ प्याकेजहरुको प्रवर्द्धन गर्नेछन्। स्थानीय साँस्कृतिक झाँकी, साँस्कृतिक प्रस्तुति र फुड स्टलहरु मार्टको आकर्षणका रुपमा रहेका छन्। रासस