सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानमा २२ वर्षपछि ‘नयाँशक्ति’को उदय, पूर्वक्रिकेट कप्तानले मुलुक हाँक्ने

पाकिस्तानमा २२ वर्षपछि ‘नयाँशक्ति’को उदय, पूर्वक्रिकेट कप्तानले मुलुक हाँक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पाकिस्‍तान- पाकिस्तानमा राष्ट्रिय सभाका लागि दुर्इ सय ७२ सिटका लागि बुधबार भएको आम निर्वाचनमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान इमरान खानले आफू विजयी भएको घोषणा गरेका छन्। जम्मा २० सिटको मतगणना बाँकी रहँदा खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआर्इ)ले एक सय १९ स्थानमा जित हात पारेको छ। 

पूर्वप्रधानमन्त्री नवाज सरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग नेसनल (पीएमल-एन)ले ६३ स्थान ल्याएको छ। पीपीपीले ४३, एमएमले ११ र जीडीएले दुर्इ सिटमा जित हात पारेका छन्। 

पूर्वक्रिकेटर इमरान खानले बहुमत ल्याएसँगै कुनै एउटा पार्टीको समर्थन लिएर मुलुकको प्रधानमन्त्री बन्ने निश्चित भएको छ। सरकार गठनका लागि एक सय ३७ सिट आवश्यक हुन्छ। 

तर, विपक्षीहरूले धाँधली भएको आरोप लगाएको निर्वाचनको परिणाम औपचारिक घोषणा हुन बाँकी छ। पूर्वक्रिकेटर खानले एउटा टेलिभिजन सम्बोधनमा भने, 'हामी सफल भएका छौं र हामीलाई जनमत प्राप्त भएको छ।' 

क्रिकेटको ब्याट चुनावचिन्ह लिएर निर्वाचनको मैदानमा होमिएका खान २२ वर्षपछि नयाँशक्तिलार्इ स्थापित गराउन सफल भएका छन्। खानले नेतृत्व गरेको पीटीआईले एकलौटी बहुमत पाउने निश्चित नभए पनि उनले दुई वटा पुराना पार्टीलाई भने पछारिदिएका छन्। 

देशको अस्थिरता र बेथितिलाई चिर्न सन् १९९६ मा पूर्वक्रिकेटर खानले नयाँ पार्टी गठन गरेका थिए। सन् २०१३ मा ३५ सिट जितेर संसदमा तेस्रो बनेको इमरानको पार्टी केन्द्रीय सत्ताको नजिक पुग्ने नयाँ पार्टी बन्न पुगेको छ।

इमरानले खोलेको शक्तिले अन्ततः २२ वर्षको अथक प्रयासपछि जिन्ना र भुट्टो परिवारको विरासत बोकेका पुराना पार्टीहरूलाई पछाडि पारिदिएको छ।

पाकिस्तानको निर्वाचनले के देखाइदिएको छ भने जनताको पक्षमा राम्रो काम गर्न सकेनन् भने पुराना पार्टीहरूको भविश्य खराब हुन सक्छ। 

मतदानका दिन एउटा मतदान केन्द्रबाहिर बम आक्रमण हुँदा ३१ जनाको ज्यान गएको थियो। तर, निर्वाचन अभियानमा उनलाई पाकिस्तानी सेनाले सहयोग गरेको आरोप लागेको छ। 

एउटा भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका पूर्वप्रधानमन्त्री नवाज सरिफको दल र अन्य साना दलले निर्वाचनमा धाँधली भएको दाबी गर्दै परिणाम अस्वीकार गर्ने बताएका छन्। 

खानले भने पाकिस्तानमा अहिलेसम्म भएकामध्ये यो नै सबैभन्दा स्पष्ट तथा निष्पक्ष निर्वाचन भएको टिप्पणी गरेका छन्। तर, धाँधलीका आरोपहरूबारे छानविन गरिने उनले बताएका छन्। टेलिभिजन सम्बोधनमा खानले आफ्ना प्रतिद्वन्द्वीहरूलाई देशको विकासका लागि सहकार्य गर्न आह्वान गरेका छन्। कश्मीरको विवाद समाधान गर्न उनले भारतसँग वार्ता गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
 
संसद्को कुल दुर्इ सय ७२ स्थानका लागि भएको निर्वाचनमा ४९ प्रतिशत केन्द्रको मत गनिँदा खानको दल पीटीआईले एक सय २० स्थानमा अग्रता लिएको निर्वाचन आयोगलाई उद्धृत गर्दै डन पत्रिकाले जनाएको छ। 

बहुमत प्राप्त गर्न एक सय ३७ स्थानमा जित्नुपर्ने हुन्छ। झन्डै १० करोड ६० लाख मतदाता रहेको पाकिस्तानमा ५० देखि ५५ प्रतिशत मतदान भएको आकलन गरिएको एएफपीले जनाएको छ। 

को हुन् इमरान खान?

६५ वर्षीय इमरान खानले सन् १९९२ मा पाकिस्तानी क्रिकेट टोलीको नेतृत्व गर्दै विश्वकप जिताएका थिए। त्यसको चार वर्षपछि सन् १९९६ मा उनी सक्रिय राजनीतिमा प्रवेश गरे। राजनीतिमा स्थापित हुन भने उनले धेरै संघर्ष गर्नुपर्‍यो।

आफ्नो पुरानो ‘सेलिब्रेटी प्लेब्वाई’को छविलाई त्यागेका खान अहिले आफूलाई धार्मिक, जनप्रिय र विपन्नताविरोधी सुधारकका रूपमा चिनाउँछन्। आफू प्रधानमन्त्रीको भव्य निवासस्थानमा नबस्‍ने घोषणा उनले आफ्नो भाषणमा गरेका छन्।
 
आफ्नो निर्वाचन अभियानमा उनले भ्रष्टाचारविरोधी नारा र पाकिस्तानमा विद्यमान राजनीतिक वंशहरूलाई तह लाउने वचनबद्धता व्यक्त गरेका थिए। 

पीटीआर्इको उदय

पीटीआई पार्टी २२ वर्षअघि मात्रै स्थापना भएको हो। सन् १९९२ मा पाकिस्तानलाई क्रिकेट विश्वकप जिताउन प्रमुख भूमिका खेलेका क्रिकेटर इमरान खानको प्रयासमा यो पार्टी स्थापना भएको थियो। सन् १९९६ मा स्थापना भएको पीटीआईले त्यसको एक वर्षपछि भएको आम निर्वाचनमा आफ्ना सबै उमेद्वारले जमानत गुमाएको अवस्था सहनु परेको थियो ।

पीटीआईको खास उदय २०१३ पछि हुन थालेको मानिन्छ। त्यस वर्षको निर्वाचनमा उसले गरेका प्रदर्शनबाट उसले पाकिस्तानी राजनीतिमा पकड जमाएका स्थापित दुई ठूला पार्टीहरू पीपीपी र पीएमएलको विकल्पको रूपमा अघि आउन सक्ने सम्भावना देखाएको थियो ।
 
चर्को र क्रुद्ध भाषण गर्ने इमरान खानको पार्टीको उदयलाई पाकिस्तानको प्रगतिशील पार्टी मानिने पीपीपीको घट्दो प्रभावले फाइदा पुर्‍याएको मानिन्छ। सन् २००८को आम चुनावमा सबैभन्दा ठूलो पार्टी भएको पीपीपी हाल निक्कै कमाजोर अवस्थामा पुगेको छ। यस निर्वाचनमा उसलाई बलियो प्रतिस्पर्धीको रूपमै हेरिएको थिएन। मुख्य प्रतिस्पर्धा नवाज सरिफको पार्टी र इमरान खानको पार्टीबीचमा मात्र देखिन्थ्यो ।

इमरान खानको पार्टीले सन् १९९९ मा सेनाले गरेको ‘कु’ को समर्थन गरेको थियो। पाकिस्तान स्थापनाको ७१ वर्षमा तेस्रो पटक कार्यकारी शासनको हस्तान्तरण निर्वाचनमार्फत् हुन लागेको हो ।जसबाट इमरान खान प्रधानमन्त्री बन्ने बलियो सम्भावना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।