बुधबार, असार ३१, २०८३

८२ प्रतिशत रोपाई सकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- मुलुकभर ८२.२६ प्रतिशत धान रोपाई भएको छ । १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफल धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म १२ लाख ७७ हजार १ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गएको वर्ष यसै अबधिमा अर्थात साउन ११ गतेसम्ममा मुलकभर ६८.२७ प्रतिशत मात्रै धान रोपिएको थियो । त्यसको तुलनामा यो वर्ष १३.९९ प्रतिशत बढेको हो । 

त्यस्तै हालसम्ममा सबैभन्दा बढी उच्च पहाडमा ८३.७६ प्रतिशत धान रोपाई भएको छ । ५८ हजार १५८ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म उक्त क्षेत्रमा ४८ हजार ७११ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । 

त्यसपछि मध्य पहाडमा रोपाई भएको छ ।  ३ लाख ९९ हजार ६७५ हेक्टर क्षेत्रफलमा धान रोप्ने अपेक्षा गरिएकोमा ८२.६४ प्रतिशत अर्थात ३ लाख ३० हजार २९० हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । 

सबैभन्दा बढी धान रोपाई हुने तराई क्षेत्रमा ८२.०४ प्रतिशत रोपाई भएको छ । १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रफल मध्ये हालसम्ममा ८ लाख ९८ हजार हेक्टर क्षेत्रफलमा धान रोपिएको मन्त्रालयले जानकारी दिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्