काठमाडौं- अवैध रूपमा नेपाल भित्र्याउन लागिएको १२ सय ६८ ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक ३८ वर्षीय शुभम् मेहरा छन्।
उनलाई विमानस्थल प्रहरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वागतद्वार नजिकैबाट सोमबार पक्राउ गरिएको हो।
मलद्वारमै नै उनले उक्त सुन लुकाएर दुबईबाट नेपालसम्मको यात्रा गरेका थिए।
नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका थिए। नियन्त्रणमा लिइउको सुनको बजार मूल्य १ करोड ८ लाख ५० हजार रुपैयाँ बराबर छ।
मेहराको गतिविधि संकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिई शौचालयमा लगेर शौच गर्न लगाएको थियो। उनको मलद्वारबाट उक्त सुन निस्किएको थियो। हरियो टेपले बेरिएको सेतो रंगको प्लास्टिकभित्र बेलनाकार बनाइएको अर्धठोस सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका मेहरालाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाइएको छ।