सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पल प्रकरणमा तनहुँ प्रहरीले पनि सक्यो अनुसन्धान, मंगलबार मुद्दा दर्ता गर्ने तयारी

पल प्रकरणमा तनहुँ प्रहरीले पनि सक्यो अनुसन्धान, मंगलबार मुद्दा दर्ता गर्ने तयारी

जिल्ला प्रहरी कार्यालय तनहुँले कलाकार पल शाहविरुद्धको परेको जर्बजस्ती करणको मुद्दाको अनुसन्धान पूरा गरेको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- जिल्ला प्रहरी कार्यालय तनहुँले कलाकार पल शाहविरुद्ध परेको जर्बजस्ती करणी आरोपको जाहेरीमाथिको अनुसन्धान पूरा गरेको छ। शाहलाई हिरासतमा राखेको २१ दिनपछि प्रहरीले अनुसन्धान पल शाहलगायतमाथिको अनुसन्धान सकेको हो।

National life

अनुसन्धान सकिएपछि तनहुँ प्रहरीले आजै (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा आफ्नो रायसहितको अनुसन्धान प्रतिवदेन बुझाएको छ। ‘केही समयअघि मात्रै प्रहरीको अनुसन्धान प्रतिवेदन हामीकहाँ आइपुग्यो,’ सरकारी वकिल कार्यलय तनहुँका जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्माले नेपाल समयसँग भने, ‘हामी अध्ययन अनुसन्धान गरेर मुद्दा दर्ता गर्ने तयारीमा छौं। आज त नभ्याइएला, सम्भवतः भोलि फस्ट आवरमै मुद्दा दर्ता हुनेछ।’

विभिन्न प्रलोभन देखाउँदै जबर्जस्ती करणी गरेको आरोपमा नाबालिगका पिताले पलविरुद्ध जाहेरी दिएपछि गत फागुन १५ गते उनी प्रहरी नियन्त्रणमा पुगेका थिए। प्रहरीले जिल्ला अदालतबाट तीन पटक म्याद थप गरेर उनीविरुद्धको कसुरमा २१ दिन अनुसन्धान गरेको थियो। यो बीचमा प्रहरीले पीडित, आरोपित शाह, घरधनी र घटनासँग जोडिएका अन्य व्यक्तिको बयान लगायत अन्य प्रमाण संकलन गरेको थियो। 

उता उही पीडितले पूर्वी नवलपरासीको गैँडाकोटमा पनि पलविरुद्ध जर्बजस्ती करणीको जाहेरी दिएकी थिइन्। म्यूजिक भिडियो सुटिङका क्रममा त्यहाँ रहेको गैँडाकोट रिसोर्टमा पलले नाबालिगमाथि मदिरा पिएर त्यहाँ पनि करणी गरेको आरोप उनीमाथि छ। गैँडाकोट प्रहरीले भने गत बिहिबार नै अनुसन्धान सकाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा आधारमा त्यहाँको जिल्ला सरकारी वकिलको कार्यलयले पललाई १४ वर्ष कैद र ४ लाख क्षतिपुर्तिको मागदाबस्हित जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्धा दर्ता समेत भइसकेको छ। 

घटनास्थल फरक फरक जिल्लामा भएकाले दुवै अदालतमा फरक फरक हिसाबले मुद्दा प्रक्रिया अघि बढेको हो। अब तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि थुनछेक बहस हुनेछ। तनहुँमा थुनछेक बहस सकिएलगत्तै उनली पूर्वी नवलपरासी लगिनेछ। पूर्वी नवलपरासी अदालतले थुनछेक लगत्तै त्यहाँ उपस्थित गराउन तनहुँलाई पत्राचारसमेत गरिसकेको छ।

Shivam cement

प्रकाशित: Mar 21, 2022| 15:59 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।