सोमबार, असार ८, २०८३

बेलकोटगढीको भवन निर्माण डिपिआर अन्तिम चरणमा

नगरप्रमुख राजेन्द्ररमण खनालले सरकारी जग्गा नगरपालिकाको नाममा ल्याउन कानुनी प्रक्रियाको कारण नयाँ भवन निर्माण लक्ष्यभन्दा ढिलो हुन पुगेको बताए।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

नुवाकोट- नुवाकोटको बेलकोटगढी नगरपालिकाको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नगरप्रमुख राजेन्द्ररमण खनालले सरकारी जग्गा नगरपालिकाको नाममा ल्याउन कानुनी प्रक्रियाको कारण नयाँ भवन निर्माण लक्ष्यभन्दा ढिलो हुन पुगेको बताए।

National life

डिपिआरको काम सक्नासाथ ठेक्का लगाउन बजेट व्यवस्थापनमा नगरपालिका लागिपरेको हो। उनले भने, ‘डिपिआर बमोजिम बनाउन सकेसम्म आसन्न स्थानीयतहको निर्वाचन अघि ठेक्का सम्झौता गरेर शिलान्यासको तयारी छ।’

बाघखोरमा सरकारी जग्गामध्ये नगरपालिकालाई आवश्यक २४ रोपनी जग्गा प्राप्त गर्न जिल्लास्थित विभिन्न निकायको सिफारिससहित मन्त्रिपरिषद्बाद स्वीकृत गराउन तीन वर्ष लाग्यो। नगरपालिकाको कार्यालय विपद्को कारण जोखिममा परेका बासिन्दालाई पुनःस्थापनार्थ बनाइएको प्रिफ्याक भवनबाट चलिरहेको छ।

नयाँ भवन निर्माण चाँडो सुरु गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद खतिवडाले बताए। भवन बनाउन नगरपालिकाले बहुवर्षीय ठेक्कामार्फत काम सुरु गर्न यो आर्थिक वर्षमा २ करोड ५० लाख बजेट छुट्याएको छ।

‘जग्गा प्राप्तिको प्रक्रियाले भवन निर्माण ढिलो भएपनि अब चाँडो काम थाल्न लागेका छौं,’ खतिवडाले भने, ‘भवन बनाउन संघीय मन्त्रालयले ५० प्रतिशत बजेट उपलब्ध गराउने जनाएकाले बाँकी नगरपालिकाले व्यवस्थापन गरेर ठेक्काको तयारीमा छौं।’

Shivam cement

आठ वडा भवन निर्माण सम्पन्‍न

विभिन्न ६ गाविस मिलेर बनेको बेलकोटगढी नगरपालिकामा हाल १३ मध्ये आठमा नयाँ भवन बनिसकेको छ। दुई निर्माणको प्रक्रियामा छ। नगरपालिकाको भवन बनाउन जग्गाको समस्या देखिए जस्तै वडा कार्यालयलाई पनि जग्गा अभावले समयमै सबै वडामा भवन बनाउन कठिन भएको खतिवडाले बताए।

जग्गा प्राप्त भएका स्थानमा बनाउँदै जाने क्रममा हालसम्म आठवटा वडामा नगरपालिकामार्फत बहुविपद् प्रतिरोधात्मक सुविधासम्पन्न भवन बनेको छ।

‘भाडाको घरमा रहेको वडा नं- १ को कार्यालयलाई जग्गा प्राप्त भएकाले भवन बनाउन ठेक्का लगाउन लागिएको छ। वडा नं-७ को भवन बनाउन ठेक्का निकालिएको छ’, उनले भने, ‘वडा नं ८, ११ र १३ को वडा कार्यालय भवन बनाउन जग्गा अभावले रोकिएको छ।’

राज्य पुनः संरचनापश्चात् नयाँ स्वरूपमा काम गर्दा भौतिक पूर्वाधारको अभाव थियो। उक्त समस्या समाधानका लागि नगरप्रमुख खनाल र उपप्रमुख कविता ढुंगानाले वडा र पालिकाको भवन बनाउने लक्ष्य लिएको भएपनि जग्गाको समस्याले लक्ष्य पूरा गर्न चुनौती देखिएको छ।

‘बजेट छुट्याएर मात्रै भवन बनाउन कठिन रहेछ। जग्गा व्यवस्थापन नुहँदा सबै वडामा भवन बनाउन सकिएन’, उपप्रमुख ढुंगानाले भनिन्, ‘हालसम्म दशवटा भवन निर्माणको प्रक्रियामा समावेश भइसकेका छन्, बाँकी तीनवटा वडा कार्यालयका लागि दाताबाट जग्गा जुटाउने प्रयास जारी छ।’ रासस

प्रकाशित: Mar 21, 2022| 14:35 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।