सोमबार, असार ८, २०८३

मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी-जोमसोम सडकमा बढेको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

म्याग्दी- हिमालपारिको जिल्ला मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। कोरोनाका कारण सुस्ताएको पर्यटकको चहलपहलले फेरी गति लिन थालेको हो।

National life

केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी-जोमसोम सडकमा बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख ऋषि बरालले अहिले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए। ‘सडक र हवाई मार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,’ उनले भने ‘थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको उपस्थिति बढेको छ।’

म्याग्दी भएर दैनिक ५० बस, १५० जिप र २ सयका दरले मुस्ताङमा पर्यटकका सवारी साधन भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी प्रमुख इन्द्रबहादुर नेपालीले बेनीको कालीपुल पोष्ट र भुरूङ तातोपानीस्थित सीमा प्रहरी चौकीले मुस्ताङ भित्र्ने र बाहिरिने सवारी साधनको अभिलेख राख्ने गरेको बताए।

कोरोनाविरूद्धको खोपको पहुँच बढेपछि संक्रमण घटेको, पर्यटकीयस्थलमा लगाइएको प्रतिबन्ध हटाएर खुला गरिएको र अनुकूल मौसमका कारण पनि पर्यटकको चहलपहल बढेको हो। मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, लेतेलगायत पर्यटकीयस्थलमा अहिले पर्यटको भिड देखिन्छ।

आमा समूह, बन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट समूह बनाएर आन्तरिक पर्यटक भ्रमणमा आएका जोमसोम निवासी सम्झना थकालीले बताइन्। चीनको सिमानास्थित कोरला नाकासम्म नै सडक पुगेको छ।

Shivam cement

यातायातको सहज पहुँच र यात्राको खर्च सस्तो हुनाका साथै समय पनि छोटिएको छ। २०७६ चैत महिनादेखि कोरोना (भाइरस)को महामारी फैलिएपछि पछिल्ला दुई वर्ष मुस्ताङमा पर्यटकीय गतिविधि सुनसान थियो।

पर्यटक नआउँदा करोडौंको लगानीमा खोलिएका होटल तथा रेष्टुरेन्ट सुस्ताएका थिए। पर्यटकको चहलपहल बढेसँगै थलिएको होटल व्यवसाय पुरानै लयमा फर्कने आशा व्यवसायीहरूको छ।

मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीका व्यवसायीहरूलाई पनि राहत मिलेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष बाबुराम आचार्यले बताए। बेनी, गलेश्वर, भुरूङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटलहरू पाहुनाले भरिन थालेका छन्।   रासस

प्रकाशित: Mar 21, 2022| 13:55 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।