चितवन- अपडेटः काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ । घाइते १३ जनामध्ये सात जनाको अवस्था गम्भिर छ । उनीहरुको उपचारका लागि अस्पताल पठाइएको प्रहरी बरिष्ठ उपरिक्षक प्रजाभक्त श्रेष्ठले जानकारी दिए ।
उद्दारमा खटिएका सशस्त्रका प्रहरी उपरिक्षक गणेशबहादुर थापाका अनुसार ज्यान गुमाउने दुर्इ महिला र तीन पुरुषको पहिचान भएपनि उनीहरुको नाम खुलेको छैन ।
ना६ख २५०६ नम्बरको बस धादिङको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा दुर्घटना भएको हो ।
विपरित दिशाबाट आइरहेको ना५ख ७४०९ नम्बरका ट्रकले ठक्कर दिँदा बस त्रिशुली नदीमा खसेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्दारका लागि घटनास्थलमा परिचालित छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४