बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रहरी हत्यामा संलग्नलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रहरी हत्यामा संलग्नलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन्। मोरङ सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा उनले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्। 

Kumaribank

हिजो आइतबार लेटाङमा स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। यौन दुर्व्यवहारका आरोपित पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडले आक्रमण गर्दा उनको मृत्यु भएको हो। स्थिति तनावग्रस्त बनेपछि  लेटाङमा आज बिहान ७ बजेदेखि कर्फ्यु लगाइएको छ।

आइतबार बिहान लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि होलीका दिन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो। घटनाबारे विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसिरहेको समयमा आक्रोशित भीडले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास भएपछि स्थितिलाई नियन्त्रणमा लिन पुगेको प्रहरीसँग झडप भएको थियो। 

आक्रोशित भीडले सवारी साधनमा आगजनी र तोडफोड गर्न थालेपछि प्रहरीले हवाई फायर गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार गरेको थियो। घटनामा दुई विद्यार्थीसहित १६ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 21, 2022| 12:02 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।