बुधबार, असार ३१, २०८३

मन्त्रीको जवाफ चित्त नबुझेपछि संसद् बैठक अवरोध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– प्रतिनिधि सभामा शुक्रबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीसँग भएको सहमतिबारे दिएको जानकारी चित्त नबुझेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक अवरोध गर्दै, खोल्दै गरिरहेको छ । 

मन्त्री पोखरेलले डा. केसीसँग भएका सहमतिका बुँदा स्पष्ट रूपमा सांसदहरूलाई जानकारी नगराएपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो । मन्त्री पोखरेलले सहमतिका बुँदा मन्त्रिपरिषद्ले पारित गर्ने र कार्यान्वयनमा जाने बताए । उनले ती बुँदा संसद्मा टेबल गर्ने पनि बताए । 

कांग्रेस सांसदहरूले सहमति पत्र आफूहरूले पनि पढ्न पाउनुपर्ने भन्दै नियमापत्ति गरे । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले मन्त्रीको जवाफ गोलमटोल भएको बताए । विवादका बीच संसद् बैठक १० मिनेटका लागि स्थगित भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।