बुधबार, कात्तिक १९, २०८२

लेटाङमा तनाव कायमै, ६ जना पक्राउ

मोरङको लेटाङमा भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

विराटनगर– मोरङको लेटाङमा भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन्।

Kumaribank

हिजो आइतबार स्थानीय र प्रहरीबीच झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। स्थिति तनावपूर्ण बनेकाले लेटाङमा आज बिहानैदेखि कर्फ्यू आदेश जारी गरिएको छ।

घटनामा संलग्न भएको आरोपमा लेटाङबाट ६ जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरुको विवरण भने प्रहरीले दिएको छैन। शिक्षकले १२ वर्षीया विद्यार्थीलाई जबरजस्ती प्रयास गरेको आरोपपछि लेटाङमा हिजो तनाव भएको थियो।

प्रशासनले लेटाङको वडा ३ र ४ को पश्चिम क्षेत्र गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ।


प्रकाशित: Mar 21, 2022| 10:18 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।