काठमाडौं- भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी माग गरेको छ। अस्तपालले सोमबार सूचना जारी गरी एक मेडिकल अधिकृत र एक फार्मेसी सहायकका लागि आवेदन माग गरेको हो।
इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन दिन सक्ने छन्। दरखास्त दिनका लागि मेडिकल अधिकृतलाई एक हजार रुपैयाँ र फार्मेसी सहायकलाई चार सय शुल्क तोकिएको छ।
लिखित परीक्षा र अन्तर्वार्ताबाट छनोट गरिने विज्ञापनमा उल्लेख छ। यी पदमा नियुक्त हुनेको करार अवधि ६ महिनाको रहने अस्तपालले जनाएको छ।