बिहीबार, साउन २८, २०८३

कस्तो रहला आजको मौसम?

आज दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले हाल प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा आंशिक बदली रहनेछ।

बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएको छ। पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

प्रकाशित: Mar 21, 2022| 08:47 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।