बिहीबार, साउन २८, २०८३

राप्रपाको २५ चैतमा काठमाडौंमा शक्ति प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २५ गते काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २५ गते काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ।

पार्टीको बागमती प्रदेश समितिको आयोजनामा आमसभा हुन लागेको हो। उक्त आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।

आमसभालाई भव्य, व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरू सह संयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन्। 

समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरू, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरु, प्रदेश भित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरू समितिमा रहेका छन्।

सभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । 

प्रकाशित: Mar 21, 2022| 08:33 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।