सोमबार, असार ८, २०८३

बैतडीमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

बैतडी- बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। 

National life

दुर्घटनामा घाइते भएका एक जनाको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी छन्।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार आइतबार साँझ पाटनबाट घर पोत्ने माटो लिएर सुर्नयातर्फ आउँदै गरेको से१ख १२४२ नम्बरको मिनी ट्रक पाटन बजार नजिकैको सडकमा दुर्घटनामा परेको हो। 

ट्रकमा सवार ६ जना नै महिला रहेको प्रहरीले जनाएको छ। घाइतहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले ट्रक चालक पाटन–४ का विरेन्द्र खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: Mar 21, 2022| 08:15 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।