सोमबार, असार ८, २०८३

रेडपान्डाको छालासहित चार जना पक्राउ

पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको पाँच लाखदेखि १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताए।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

नेपालगञ्ज- प्रहरीले दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट आइतबार पक्राउ गरिएको हो।

National life

पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नं ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका-१ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। होटलमा प्लाष्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुई थान रेडपान्डाको छालासमेत बरामद गरेको छ। 

पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको पाँच लाखदेखि १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताए। 

यसैबीच प्रहरीले लागूऔषध चरेश तीन किलोसहित दुई जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–२ पुष्पलालचोक नजिक रहेको दङ्गाली–स्याङ्जाली होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–९ का प्रवीण विष्ट र वडा नं ७ का राजबहादुर कार्की रहेका छन्। 


प्रकाशित: Mar 21, 2022| 07:19 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।