सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा एक युवती पक्राउ

युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा एक युवती पक्राउ

युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। युट्युबमार्फत चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक तथा अनर्गल वक्तव्यवाजी गरेको आरोपमा प्रहरीले ती युवतीलाई पक्राउ गरेको हो।

National life

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र–३ स्थायी घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० बस्ने शर्मिला वाइबा रहेकी छन्।

उनले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेकोले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ।

उनलाई प्रहरीले चैत ४ गते चितवनबाट पक्राउ गरेको हो। उनले ‘सेलेब नेपाल’ र ‘एवन मिडिया च्यानल’ नामक युट्युब च्यानलबाट भ्रामक तथा अनर्गल वक्तव्यवाजी गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 21, 2022| 06:43 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।