शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • समाज
  • होलीमा शिक्षकको दुर्व्यवहार घटना बाहिरिएपछि लेटाङमा तनाव, प्रहरीको मृत्यु

होलीमा शिक्षकको दुर्व्यवहार घटना बाहिरिएपछि लेटाङमा तनाव, प्रहरीको मृत्यु

मोरङको लेटाङमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको विषयमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ। स्थानीयका अनुसार मृतक प्रहरीको घाँटीमा छुरा प्रहार गरिएको छ।
 |  आइतबार, चैत ६, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, चैत ६, २०७८

विराटनगर- मोरङको लेटाङमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको विषयमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ। स्थानीयका अनुसार मृतक प्रहरीको घाँटीमा छुरा प्रहार गरिएको थियो। उनलाई लेटाङ बजारको मनकामना अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताइएको छ। 

triton college

आइतबार बिहान लेटाङ नगरपालिका ५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि होलीका दिन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो। घटना सार्वजनिक भएसँगै आक्रोशित स्थानीयवासीले विद्यालय घेरेका थिए। 

भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको थियो। तर, आक्रोशित भीडले विद्यालय परिसरमा शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रणबाहिर गएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले बताए। 

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले साँझ निकाल्ने क्रममा भीडले आक्रमण गरेको थियो। प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल समेत जलाइ दिएका छन्।

विद्यालयको अवस्था तनावग्रस्त बनेपछि पुगेको प्रहरी टोली र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले थुनिएकाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगेको र अहिले स्थिति समान्य अवस्थामा आएको प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 20, 2022| 22:39 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।