शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुस-युक्रेन युद्ध: हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल, ८४७ सर्वसाधारण मारिए

रुस-युक्रेन युद्ध: हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल, ८४७ सर्वसाधारण मारिए

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँको भूमिगत तलामा १,३०० जना जति रहेको बताएका थिए। तर झडपका कारण उद्धारकर्ताहरूलाई त्यहाँ पुग्न वाधा भइरहेको मारिओपोलका नगरप्रमुखले बीबीसीलाई बताएका हुन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

लन्डन- बेलायतको रक्षा मन्त्रालयले रुसले 'युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको' र रुसी हवाई क्षेत्रबाट प्रक्षेपण गरिएका अस्त्रहरूमा भर परिरहेको बताएको छ।

National life

युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु मस्कोको प्रमुख उद्देश्यमध्ये एक भएको बेलायती रक्षा मन्त्रालयको दाबी छ। 'द्वन्द्वको सुरुवाती दिनमा युक्रेनको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउनु रुसको प्रमुख उद्देश्यमध्ये एक थियो। तर निरन्तर प्रयासपश्चात् पनि त्यसो गर्न असफल हुनुले रुसी पक्षको प्रगतिलाई धुमिल बनाएको छ,' मन्त्रालयले जनाएको छ।

यद्यपि माइकोलाइभमा रुसी हवाई हमलाहरू दिनभर भइरहेको विवरणहरू सार्वजनिक भएका छन्। त्यहाँ करिब २०० सैनिकहरू बसिरहेको बताइन्छ।

सडकहरूमा जारी झडपका कारण मारिओपोलस्थित एक नाटकघरको भग्नावशेषमा फसेका मानिसहरूको उद्धार प्रभावित भएको जनाइएको छ।

बुधवार रुसले उक्त नाटकघरमा बम आक्रमण गरेको थियो। त्यहाँ अझै पनि सयौँ मानिसहरूले आश्रय लिइरहेका बताइएको छ।

Laxmi sunrise bank
kumari

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँको भूमिगत तलामा १,३०० जना जति रहेको बताएका थिए। तर झडपका कारण उद्धारकर्ताहरूलाई त्यहाँ पुग्न वाधा भइरहेको मारिओपोलका नगरप्रमुखले बीबीसीलाई बताएका हुन्।

नगरप्रमुखका अनुसार रुसी सेनाले त्यस दक्षिणी बन्दरगाह सहरलाई घेरेका छन् र निरन्तर गोलाबारी भइरहेको छ। उनले त्यहाँका हजारौँ बासिन्दालाई रुस पठाइएको जानकारी दिए।

रुसले विभिन्न सहरमा आक्रमण जारी राख्दा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनसँग "अविलम्ब" वार्ताका लागि अघि सर्न आह्वान गरेका छन्। उनी शान्ति सम्झौताका लागि तयार सुनिए पनि अन्य देशहरूसँग रुसमाथि प्रतिबन्धहरूको माग गर्दै आएका छन्।

उनले पछिल्लो पटक स्वीट्जरल्यान्डसँग रुसी कुलीन वर्गलाई कारबाही गर्न र त्यहाँ रहेको ब्याङ्कहरूमा रहेको उनीहरूको सम्पत्ति रोक्का गर्न आग्रह गरे। उनले भिडिओ सन्देशमार्फत आफ्नो माग राखेका हुन्। युक्रेनले चीनलाई रुसको आक्रामकताविरुद्ध अडान लिन समेत आह्वान गरेको छ।

तर एक वरिष्ठ चिनियाँ अधिकारीले भने पश्चिमी राष्ट्रहरूले रुसमाथि लगाएको प्रतिबन्ध निकै "अपमानजनक" भएको बताएका छन्।

युरोपेली सङ्घ, अमेरिका र बेलायतलगायत देशले रुसबाट तेललगायत सामाग्री र विभिन्न वित्तीय गतिविधिमा रोक लगाएको छ। यसैबीच पुटिनले युक्रेनले जर्मन चान्सलर ओलाफ शोल्जसँगको फोन सम्पर्कमा "अवास्तविक प्रस्तावहरू" राखेर शान्ति वार्तालाई रोक्न खोजेको आरोप लगाएका छन्।

प्रकाशित: Mar 21, 2022| 05:30 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।