शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बंगलादेशमा डुंगा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु, दर्जनौं बेपत्ता

बंगलादेशमा डुंगा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु, दर्जनौं बेपत्ता

बंगलादेशको राजधानी नजिकैको नदीमा आइतबार मालवाहक डुङ्गा दुर्घटनाग्रस्त भएपछि कम्तीमा पाँच जनाको मृत्यु भएको र दर्जनबढी हराइरहेको अनुमान गरिएको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

ढाका- बंगलादेशको राजधानी नजिकैको नदीमा आइतबार मालवाहक डुङ्गा दुर्घटनाग्रस्त भएपछि कम्तीमा पाँच जनाको मृत्यु भएको र दर्जनबढी हराइरहेको अनुमान गरिएको छ।

National life

प्रहरीले बताएअनुसार एमभी रुपोशी–९ आन्तरिक कार्गोवाहक ढाकाको दक्षिणपूर्वमा मालबाहक अर्को डुङ्गा एमभी अफ्सरुद्दीनसँग ठक्कर खाएपछि शितलक्ष्य नदीमा भएको दुर्घटनामा झन्डै दुई दर्जन मानिसहरू पौडी खेली किनारामा आउन सफल भएका स्थानीयले बताएका छन्। 

स्थानीय सञ्चार माध्यमहरूले मानिस र सामानसहित डुबेको दृश्यलाई कैद गरी सामाजिक सञ्जालमा सम्प्रेषित भिडियोमा डुङ्गाबाट हतारहतार प्रदूषित पानीमा कराउँदै मानिसहरू हामफालेको देखिएको छ। 

स्थानीय प्रहरी प्रमुख शाह जमानले एएफपीसँग भने, 'हामीले एक पुरुष, तीन महिला र एक बालकसहित पाँच जनाको मृत शरीर पानीबाट निकालेका छौं। वेपत्ता रहेका बाँकी मानिसहरूको खोजीमा उद्धारकर्मीहरू जुटेका छन्।'

उक्त डुङ्गामा ६० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको र उनीहरूमध्ये २२ जना सकुशल किनारामा आउन सफल भएको प्रहरी निरीक्षक अस्लम मियाले बताउनुभयो।

Laxmi sunrise bank
kumari

जिल्ला प्रशासक मोन्जुरुल हाफिजले तटीय गार्डका कर्मचारी र गोताखोरहरूले उद्धार कार्यमा सहयोग गरिरहेका बताउनुभयो। आइतबार अपरान्ह् वेपत्ताहरूको खोजीमा उद्धारमा खटिएका टोलीहरू हेर्दै शितलक्ष्य नदीको दुवै किनारमा ठूलो भीड जम्मा भएको बताइएको छ।

बंगलादेशमा डुङ्गा दुर्घटना हुनुमा साधनको मर्मतसंहारको कमी, कमजोर सुरक्षा प्रणाली र भारबहन क्षमताभन्दा बढी भारी बोक्नुलाई विशेषज्ञहरूले दोषी मान्ने गर्छन्।

गत जुनमा एउटा पानीजहाजसँग ठोक्किएर ढाकामा एउटा डुङ्गा डुब्दा कम्तीमा ३२ जनाको मृत्यु भएको थियो भने सन् २०१५ को फेब्रुअरीमा राजधानीको पश्चिममा रहेको नदीमा एउटा मालवाहक जहाजसँग भीडले भरिएको जहाज ठक्कर खाँदा कम्तीमा ७८ जनाको मृत्यु भयो।  

प्रकाशित: Mar 20, 2022| 20:30 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।