बुधबार, असार ३१, २०८३

वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्यो, १५ को उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धादिङ-काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस दुर्घटनामा परेको छ । 

ना६ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा दुर्घटना भएको हो । 

विपरित दिशाबाट आइरहेको ना५ख ७४०९ नम्बरका ट्रकले ठक्कर दिँदा बस त्रिशुली नदीमा खसेको छ ।
 
दुर्घटनामा भएको क्षतिको विवरण आउन बाँकी छ । अहिले उद्धारका लागि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार शुरु गरेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठौरले नेपाल समयलाई जानकारी दिए । 

दुर्घटनामा परेका १५ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्यको पनि उद्धार कार्य जारी रहेको राठौररले बताए । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।