शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कपिलवस्तुमा विद्यार्थीबीच झडप हुँदा ८ राउण्ड अश्रुग्यास प्रहार

कपिलवस्तुमा विद्यार्थीबीच झडप हुँदा ८ राउण्ड अश्रुग्यास प्रहार

होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आइतबार दिनभर तनावग्रस्त भएको छ। होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आइतबार अभिभावकलाई बोलाएर छलफल गराउन लागेको थियो। छलफल नगरी विद्यार्थीहरू आक्रोशित हुँदै ढुंगा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ। 

National life

होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आइतबार दिनभर तनावग्रस्त भएको छ। होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आइतबार अभिभावकलाई बोलाएर छलफल गराउन लागेको थियो। छलफल नगरी विद्यार्थीहरू आक्रोशित हुँदै ढुंगा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।

विद्यार्थीको दुई समूहबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। तनावग्रस्त भीडलाई तितरवितर पार्न प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए। 

विद्यालयमा रहेका एक दर्जन बढी कम्प्युटरमा क्षति पुगेको छ भने झ्याल ढोकाहरू फुटेका छन्। झडपमा आक्रोशित विद्यार्थीहरूले ढुङ्गा प्रहार गरी तोडफोड गरेका थिए।

विद्यालय परिसर झन्डै तीन घण्टासम्म तनावग्रस्त बनेको थियो। झडपमा एक दर्जन सशस्त्र प्रहरी घाइते भएका छन्। उनीहरूको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ। अहिले अवस्था सामान्य रहेको र दुवै समूहका विद्यार्थी अभिभावकबीच छलफल गराई समस्या समाधान गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 20, 2022| 20:09 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।