बिहीबार, साउन २८, २०८३

न्याय सेवा आयोगद्वारा कर्मचारीको सरुवा–बढुवा

न्याय सेवा आयोगको बैठकले विभिन्न कर्मचारीहरुको सरुवा तथा बढुवा गरेको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं– न्याय सेवा आयोगको बैठकले विभिन्न कर्मचारीहरुको सरुवा तथा बढुवा गरेको छ।

आइतबार आयोगका अध्यक्ष कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक बोलाएर कर्मचारीहरुको नियुक्ति तथा सरुवाबढुवा गरेका हुन्। 

बैठकले सरकारी वकिल तथा न्याय सेवाका सहसचिव, उपसचिव र अधिकृतहरूको सरुवा गरेको छ। केही साताअघि पनि कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्चको प्रवक्ताबाट बाबुराम दाहाललाई सरुवा गरेर विमल पौडेललाई नियुक्त गरेका थिए।

कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएलगत्तै कार्कीले सर्वोच्च अदालतभित्र बढुवा, सरुवा र नियुक्तिको गतिविधिमा सक्रियता बढाएका छन्।

प्रकाशित: Mar 20, 2022| 18:04 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।