सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युट्युबबाट चरित्र हत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

युट्युबबाट चरित्र हत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

युट्युबबाट चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८
National life
Shivam cement

काठमाडौं– युट्युबबाट चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपाल र अलोन मिडिया च्यानलमार्फत भ्रामक तथा अनर्गल वक्तव्यबाजी गरेको आरोपमा शर्मिला वाइबालाई पक्राउ गरेको हो।

सुनसरी घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका–१० बस्ने ३० वर्षीय वाइबालाई प्रहरीले गत शुक्रबार चितवनबाट इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा पक्राउ गरेको हो। पक्राउ गरी उनलाई काठमाडौं ल्याइएको छ। वाइबाविरूद्ध साइबर ब्युरोमा कलाकार रेखा थापाकी दिदीले उजुरी दिएकी थिइन्। 

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर गरेको भन्दै काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ। 

प्रकाशित: Mar 20, 2022| 17:07 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।