शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुस-युक्रेन मामिलामा पर्खालमाथि बसेर नहेर्न चीनलाई बेलायतको चेतावनी

रुस-युक्रेन मामिलामा पर्खालमाथि बसेर नहेर्न चीनलाई बेलायतको चेतावनी

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले युक्रेनमाथिको रुसी आतंकलाई लिएर चीनलाई पर्खालमाथि बसेर रमिता मात्र नहेर्न चेतावनी दिएका छन्। 'सन्डे टाइम्स'सँगको अन्तर्वातामा प्रधानमन्त्री बोरिसले यस्तो चेतावनी दिएका हुन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले युक्रेनमाथिको रुसी आतंकलाई लिएर चीनलाई पर्खालमाथि बसेर रमिता मात्र नहेर्न चेतावनी दिएका छन्। 'सन्डे टाइम्स'सँगको अन्तर्वातामा प्रधानमन्त्री बोरिसले यस्तो चेतावनी दिएका हुन्। 

National life

'रुसले युक्रेनमाथिको हमला बढाउँदै लगेको छ। युक्रेनमा पुटिनको आक्रमण बढेसँगै यो विषय लगातार झन् गाह्रो र राजनीतिक रूपमा लज्जास्पद हुँदै गइरहेको छ,' चीनतर्फ लक्षित गर्दै बोरिसले भनेका छन्, ''बाहिरै बसेर वा पर्खालमा बसेर मात्र हेर्नुपर्छ' भन्नेहरूका (चीनतर्फ लक्षित गर्दै)का लागि अहिले धेरै दुविधाहरू छन्।' रुस-युक्रेन युद्धका विषयमा रुसको पक्षमा बोल्नु भनेको खराब पक्षको समर्थन गर्नु भएको समेत उनको जिकिर थियो। 

शनिबार मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले रुस-युक्रेन युद्धका विषयमा चीन 'तटस्थ' बस्ने बताएका थिए। कुनै पनि बाहिरी दबाबले चीनका निर्णयमा असर पार्न नसक्ने उनको भनाइ थियो। 'समयले बताउनेछ कि चिनियाँ अडान इतिहासको सही पक्षमा छ,' उनको भनाइ थियो। 

रुसले गरेको आक्रमणविरुद्ध धेरै देशले आवाज उठाइरहँदा चीन भने अहिलेसम्म मौन छ। गत शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले रुसको सहयोग गरे 'राम्रो नहुने' चेतावनी दिएका थिए।

मस्कोले बेइजिङको समर्थनका लागि अपिल गरेको रिपोर्ट सार्वजनिक भइरहेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 20, 2022| 15:59 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।