काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट हटाएका ठम्मरबहादुर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइतबार विष्टलाई वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका छन्।विष्टसहित जिल्ला कमिटीका सदस्यलगायत पनि एमालेमा प्रवेश गरेका छन्।
प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते कर्णाली प्रदेशसभा सदस्य र पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए।