सोमबार, असार ८, २०८३

९० घरमा ‘एक घर एक धारा’

खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

तम्घास- खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ। 

National life

खानेपानीको समस्या भएको धुर्कोट–४ जैसिथोक गोपेमा ४० तथा इस्मा–२ पालुखामा ५० गरी कूल ९० घरमा खानेपानीको धारा जडान भइसकेका छन्। 

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शनिबार ‘एक घर एक धारा’ कार्यक्रमको उद्घाटन गरे। अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको उनले बताए। 

अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस क्षेत्रका स्थानीयवासी खुशीले दङ्ग परेका छन्। गोपेकी कुन्ता खत्रीलाई पहिले एक गाग्रो पानी लिन एक घण्टा लाग्थ्यो। उनी जुकेपानी, पानीकुन्टा वा खजुरेमा गएर पानी ल्याउथे। तर, अहिले घरमै धारा आएसँगै सहज भएको उनले बताए। 'घरमै पानी आउला भन्ने कहिल्लै सोचेका थिएनौं', उनले भने, 'अहिले जीवनशैलीमै धेरै परिवर्तन आइसकेको छ।'

अर्की स्थानीयवासी पवित्रा पोखरेलले जनप्रतिनिधिले निर्वाचनमा गरेका वाचा पूरा गरेको बताए। 'स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले पानी ल्याइदिने आश्वासन दिएर भोट मागेका हुन्', उनले भने, 'अहिले वाचा पूरा गरेको देखिन्छ।' घरमा पानी आएसँगै घरका आधा काम घटेको र उक्त समयमा अन्य काम गर्न पाएको उनको भनाइ छ। 

Shivam cement

सो खानेपानी आयोजनाका पूर्वसचिव एवम् पालुखा माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम खत्रीले घरमै पानी आएसँगै विद्यार्थीको शैक्षिक भविष्यमा समेत सुधार आउने बताए। 'पानी बोक्ने समय विद्यार्थीले पढाइमा लगाउन सक्छन्', उनले भने, 'खानेपानी अभावका कारण विद्यार्थी ढिला गरी विद्यालय आउने गरेको समस्या अब अन्त्य हुनेछ।' घरमा पानी आएसँगै अहिले स्थानीयवासीले खेतबारीमा तरकारी लगाउन थालेको प्रधानाध्यापक खत्रीले बताए। 

जैसिथोक लिफ्ट खानेपानी योजना, रौताडी र गोपे स्कीमअन्तर्गत गोपे स्कीम आयोजनाबाट ९० घरधुरीमा पानीको धारा पुगेको हो। २०७१ सालमा सुरु भएको सो योजनामा अहिलेसम्म तीन करोड ३५ लाख खर्च भइसकेको बताइएको छ। जुकेपानी, पानीकुन्टा र खजुरेबाट लिफ्टिङ प्रविधिबाट पानी ल्याइएको छ। सबैभन्दा टाढा पनाहा खोला नजिकबाट पाँच सय मिटरमाथि ट्याङ्कीमा पानी ल्याइएको आयोजनाका रौताडी स्कीमका अध्यक्ष पूर्णप्रसाद पोखरेलले जानकारी दिए। 

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले खानेपानी पुगेसँगै बसाइँसराइ रोकिने विश्वास व्यक्त गरे। उनले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ आफूहरु उन्मुख रहेको बताए। तर इस्मा गाउँपालिकाका नागरिकका घरमा पानीको धारा नपुग्दा इस्मामा कुनै बजेट विनियोजन नगर्नु दुःखद रहेको अध्यक्ष पोखरेलले बताए। गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले घरमा पानी पुगेसँगै अब सरसफाइ गर्ने, घरमै हरियो तरकारी उत्पादन गर्नुपर्ने धारणा राखे। 

खानेपानी योजनाका लागि जग्गा उपलब्ध गराउने फूलकुमारी दर्जी, पदमबहादुर खत्री, दामोदर पोखरेल, तील कुमारी खत्री, चुरामणि कोइराला र निर्मला खत्रीलाई सो कार्यक्रममा सम्मान पनि गरिएको थियो। - रासस

प्रकाशित: Mar 20, 2022| 12:43 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।