सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खेलकुद विश्वविद्यालय सञ्चालनको तयारीमा छौं : मन्त्री गहतराज

खेलकुद विश्वविद्यालय सञ्चालनको तयारीमा छौं : मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन्। 

National life

राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय स्कुल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरू भएको तीनदिने विद्यालय खेलकुद शिक्षक तालिमको शनिबार उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकासका लागि खेलकुद विश्वविद्यालयको आवश्यकता महसुस भएको बताएका हुन्।

नेपालमा सबै प्रकृतिका खेल खेल्न सक्ने उपयुक्त वातावरण रहेको उल्लेख गर्दै मन्त्री गहतराजले त्यसको आधार तयार गर्न खेलकुद विश्वविद्यालय सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए। अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने भरपर्दो माध्यमका रूपमा खेलकुदलाई हेरिने गरेता पनि राज्यले खेल क्षेत्रलाई उपेक्षा गर्दै आएको उनको गुनासो थियो। 

'राज्यले कूल बजेटको ०.१६ प्रतिशत बजेट मात्र युवा तथा खेल क्षेत्रका लागि छुट्याएको छ', मन्त्री गहताजले भने, 'यसैबाट सबै प्रशासनिक तथा खेल पूर्वाधार निर्माणका काम गर्नुपर्छ, अनि कसरी हुन्छ खेल क्षेत्रको विकास।'

खेलकुदलाई उद्योगका रूपमा विकास गर्नु अपरिहार्य रहेको उनको भनाइ छ। ललितपुरको सातदोबाटोस्थित प्रिमियर अन्तर्राष्ट्रिय विद्यालयको हाताभित्र शनिबारदेखि तीनदिने विद्यालय खेलकूद शिक्षक तालिम सञ्चालन गरिएको छ।

Shivam cement

प्रकाशित: Mar 20, 2022| 07:19 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।