बुटवल– सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा अध्यक्ष अमृता अनमोल निर्वाचित भएकी छन्।
शनिबार बुटवलमा सम्पन्न भएको प्रथम अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिव मेनका कुमारी चौधरी, सचिवमा माया केसी, कोषाध्यक्ष उषा किरण पन्थ निर्वाचित भएका हुन्।
यसैगरी सदस्यहरुमा रिया बस्नेत, बिष्णु खनाल, लक्ष्मी बि.क, सरिता थारु, अनिता खत्री, रेनुका गिरि, लक्ष्मी कुमारि तिमिल्सिना, गिता ज्ञवालि, रञ्जिता अधिकारि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि उद्घाटन सत्रमा बोल्ने पत्रकारहरुले नेपाली पत्रकारितामा महिला पत्रकारहरुको संख्या बढ्दै गएपनि त्यो जनशक्तिलाई टिकाउन चुनौती रहेको बाएका थिए।