सोमबार, असार ८, २०८३

देशका विभिन्न भागमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ। 

National life

आज दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेनेछ। अन्य भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।  

विभागका अनुसार आजराति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा सामान्यतया मौसम सफा रहनेछ। पहाडी भूभागका एक/दुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: Mar 20, 2022| 06:45 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।