शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्यादी प्रहरी भर्नाका लागि देशभर आवेदन आह्वान (सूचनासहित)

म्यादी प्रहरी भर्नाका लागि देशभर आवेदन आह्वान (सूचनासहित)

वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ। आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौं- वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ। आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन्। 

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन्। 

भर्ना हुन स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्नेछ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ।

म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन्। छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर खटाउने गृह मन्त्रालयले जनाएको छ। 

​म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउँनेछन्। ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च पाउने छन्।

तल जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना उपलब्ध छ। सोहीबमोजिम देशभरका जिल्लामा म्यादी भर्नाका लागि कोटाअनुसार आवेदन आह्वान गरिएको छ। 



प्रकाशित: Mar 20, 2022| 06:25 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।